Thursday, November 26, 2020

दोलखा भीमसेनलाई किन आउँछ ‘पसिना’ ?

  दोलखाको भिमेश्वर मन्दिरभित्र रहेको भीमसेनको अश्वेत मूर्ति बेलाबखत देशब्यापी चर्चामा आउने गर्छ । चर्चाको विषय एउटै हुन्छ– मूर्तिमा ‘पसिना’ आएको ।

पछिल्लोपटक गत मंगलबार उक्त मूर्तिमा पसिना आएको खबर फैलियो । यससँगै सरकारी निकायसमेतको संलग्नतामा विभिन्न परम्परागत विधी, अनुष्ठानहरु भए । दोलखा भीमसेनलाई पसिना आउँदा देशमा ‘अनिष्ट’ हुन्छ भन्ने पुरातन विश्वास छ ।








जिल्ला प्रशासन कार्यालय दोलखाले जारी गरेको प्रेस विज्ञप्तिअनुसार मंगलबार मध्यान्न १ः४५ देखि ३ः१५ सम्म पटक–पटक पसिना आएको थियो । त्यसलगत्तै प्रचलित परम्पराअनुसार मन्दिरका गुठियार र पुजारीहरुले पूजापाठ गरेको जिप्रकाको विज्ञप्तिमा उल्लेख छ ।

पसिना आएको सूचना पाएपछि जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायका अधिकारीहरु मन्दिरमा पुगेर प्रत्यक्ष अवलोकन गरेका थिए । जिप्रकाकै समन्वयमा मन्दिरको ‘महाप्रसाद’ काठमाडौं ल्याएर बुधबार विधिपूर्वक राष्ट्रपतिलाई हस्तान्तरण गरिएको छ ।

Wednesday, November 25, 2020

नामसालिङको चार वर्षे प्रगति प्रतिवेदन प्रस्तुत


दाङ जिल्लामा राप्ती गाउँपालिका क्षेत्र लाई मुख्य कार्यक्षेत्रको रुपमा राखेर आफ्ना कृयाकलाप सञ्चालन गर्दै आएको नामसालिङ सामुदायिक विकास केन्द्र मातहतको परियोजनाको हाल सम्मको प्रगति प्रतिवेदन प्रस्तुत गरेको छ । 












सन २०१७ देखी २०२० सम्म परियोजनाद्धारा सञ्चालनमा रहेका कार्यक्रमको साथै अझै गर्न र पुरा गर्न बाकी रहेको कृयाकलापको बारेमा समेत कार्यक्रममा जानकारी दिईएको थियो । 











राप्ती गाउँपालिका क्षेत्रमा २३ वटा समुह मार्फत ६५० घरधुरीलाई प्रत्यक्ष सहभागी गराई आफ्ना क्रियाकलाप सञ्चालन गर्दै आएको नामसालिङ सामुदायिक विकास केन्द्र एकिकृत ग्रामिण विकास परियोजनले खाद्य तथा पोषण सुरक्षामा बृद्धि, जलबायु परिवर्तन अनुकुलन तथा प्रकोप जोखीम न्युनिकरण योजना, घरधुरी आयमा सुधार, नागरिक संस्थाहरु तथा स्थानीय तह सवलीकरण, लैगिंक समता बृद्धि लगायतका विषयमा काम गर्दै आएको छ । 










समुदायको जिवनस्तरमा सुधार गर्न करिव ५० लाखको बजेटमा ४ वर्ष आफ्ना कृयाकलाप सञ्चालनमा ल्याएको परियोजनाद्धारा खाद्य तथा पोषण सुरक्षामा वृद्धि कार्यक्रममा धान, मकै, गहुँर आलुका उन्नत जातका विउ वितरण, सुक्ष्म सिंचाइ प्रविधिमा  फोहोरा, पाइप, प्लाष्टिक पोखरी, मोटर पम्प, थोपा सिचाई वितरण, गाइ, कुखुरा, बाख्रा, सुंगुर पशुवस्तु गोठ निर्माण सहयोग, अगुवा कृषकलाइ सहयोग तथा तालिम उपकरण प्रविधि वितरण, घरबगैचा प्रर्बधन तथा सहयोग अन्तरगत तरकारी विउँ, फलफूल विरुवा एकिकृत घरबगैचा व्यवस्थापन किसान तालिम, घरधुरी तथा आमा तथा विद्यार्थी लाइ पारिवारिक पोषण कार्यक्रम तथा सचेतना, तालिम, तरकारी विउँ वितरण गरिएको छ । 










त्यस्तै जलवायु परिवर्तन अनुकुलन तथा प्रकोप जोखिम न्युनिकरण कार्यक्रम  अन्तरगत जलवायुमैत्री कृषि प्रविधि प्रवर्धनमा जलवायू कृषि अभ्यास टनेल, थोपा सिंचाई, कम खनेजोत गर्ने कृषि प्रविधि सहयोग गरिएको छ,  वगासोती, मच्छिताल, भूल्के, रुपाकोट, करङ्गेमा समुदाय स्स्तरमा जलवायु अनुकुलन योजना तर्जुमा समेत गरिएको छ ।  

समुदायमा जलवायु अनुकुलन गाउँ नमुना एकीकृत कार्यक्रम कार्यान्वयन नवीकरण्ीय उर्जा प्रविधि प्रवद्र्धन तथा सहयोग, कृषि तथा पशुपालन, सिचाई, खानेपानी श्रोत संरक्षण गरिएको छ । 










कार्यक्रममा राप्ती गाउँपालिका गाउँकार्यपालिकाका पदाधिकारी एवं नामसालिङ्ग सामुदाियक विकास केन्द्र, इलामको सहयोगमा संचालित एकिकृत ग्रामिण विकास परियोजनाका कर्मचारी एवं पदाधिकारीको सहभागीता रहेको थियो । 

तिर्थराज ज्ञवाली 

मंसिर ११, मसुरीया(देउखुरी दाङ)


बाढि पुर्व सुचना प्रणाली सवलीकरण परियोजनाको कार्य क्षेत्रमा संयुत्त अनुगमन


दाङ जिल्ला राप्ती गाउँपालिका अन्तरगतका क्षेत्रमा नेपाल रेडक्रस सोसाईटि दाङ शाखाको आयोजनामा विपद् पुर्व तयारी तथा बाढि पुर्व सुचना प्रणाली सवलीकरण परियोजनाको कार्य क्षेत्रमा संयुत्त अनुगमन गरिएको छ । 






नेपाल रेडक्रस सोसाईटि दाङ शाखा सवलीकरण परियोजनाले राप्ती क्षेत्रमा काम गर्ने सिलसिलामा बसन्तापुर, छोट्की सिसहनिया, बगरापुर र भगवानपुर गाउँमा गरिएका प्रयास तथा प्रतिकार्यको जानकारी, अवलोकन तथा सिकाईको अनुगमन गरिएको हो । 

परियोजनाले राप्ती क्षेत्रको  वडा नं १, २, ३, ६ र ७ को १३ वटा समुदायमा मुख्य गरि आफ्नो गतिविधि तिब्र बनाउदै आईपर्ने सम्भावित जोखीम बाट बच्च र बचाउन तालिम दिई स्वंसेवक समेत तयार गरेको छ । 

अनुगमनका क्रममा विपद प्रतिकार्यका लागि गरिएको काम, प्राथमीक उपचार, पुर्व सुचना र सामुदायिक पहलका वारेमा बसन्तापुर, छोट्की सिसहनिया, बगरापुर र भगवानपुर गाउँमा सामुदायिक विपद ब्यवस्थापन समितिका पदाधिकारीहरुले जानकारी गराउनु भएको थियो । 











अनुगमनमा राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदि, प्रमुख प्रमुख प्रशासकिय अधिकृत शोभाराम रिजाल, प्रवक्ता विद्याशरण चौधरी, वडा नं ६ अध्यक्ष बेद प्रसाद चौधरी, नेपाल रेडक्रस सोसाईटि दाङ शाखा उप सभापति मदन गौतम, सिसहनिया प्रहरी चौकी प्रमुख  बत्ति कुमार पोख्रेल कोषाध्यक्ष कुसल तर्ताल, कार्यक्रम संयोजक सन्तोष ढकाल, फिल्ड संयोजक मदन अधिकारी, लगायतको सहभागीता रहेको थियो । 











यु यस य आई डिको सहयोगका सञ्चालीत नेपाल रेडक्रस सोसाईटि दाङ शाखाको आयोजनामा विपद् पुर्व तयारी तथा बाढि पुर्व सुचना प्रणाली सवलीकरण परियोजनाको आगामी कार्यक्रमका लागि समेत सहभागी तथा सामुदायिक विपद ब्यवस्थापन समितिका पदाधिकारीहरु संग राय सल्लाह समेत लिईएको थियो । 














कार्यक्रममा राप्ती गाउँपालिका क्षेत्र राप्ती गाउँपालिका विपद पूर्वतयारी तथा प्रतिकार्य योजना २०७७ राप्ती गाउँपालिकामा समुदायमा सहभागीतात्मक संकटासन्नता र क्षमता लेखाजोखा गरी समुदायको जोखिम पाश्र्वचित्र मानवीय सहायता एवम् विपद जोखिम न्युनिकरण र ब्यवस्थापनमा संलग्न निकाय तथा उपलब्ध साधन श्रोतको पहिचानका वारेमा समेत जानकारी गरिएको छ ।  

तिर्थराज ज्ञवाली

मंसिर ११, मसुरीया(देउखुरी दाङ)


स्थानिय निकाय र सरोकारवाला विच संवाद

             

स्थानिय निकाय र सरोकारवाला विच राप्ती गाउँपालिकामा संवाद गरिएको छ । 

स्थानिय सरकार र सुकुम्वासी, भुमिहिन तथा मुत्त कमैया कमलरिको विषयमा सरोकारवालाहरु संग संवाद गरिएको हो । 













संवादमा राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदि, उपाध्यक्ष जगदम्वा कुमारी चौधरी, प्रमुख प्रशासकिय अधिकृत शोभाराम रिजाल, प्रवक्ता विद्याशरण चौधरीले सुकुम्वासी, भुमिहिन तथा मुत्त कमैया कमलरिको विषयमा सरकारको निति तथा कार्यक्रम साथै राप्ती गाउँपालिकाले ल्याएका काम कार्यक्रमका वारेमा जानकारी गराउनु भएको ।

स्वान संस्था तथा आई एम स्विडिस डेभलपमेन्ट पार्टनरको आयोजनामा राप्ती क्षेत्रका सुकुम्वासी, भुमिहिन तथा मुत्त कमैया कमलरिका अगुवाहरुले सरोकारवाला माझप्रश्न तथा सुझाव राख्नु भएको थियो । 












प्रश्न र उत्तरसहितको कार्यक्रममा आगामी वर्षमा सुकुम्वासी, भुमिहिन तथा मुत्त कमैया कमलरिको विषयमा गाउँपालिकाले थप बजेट विनियोजनका लागि आग्रह समेत गरिएको छ । 

स्थानिय सरकार, सुकुम्वासी, भुमिहिन तथा मुत्त कमैया कमलरिको विषयमा सरोकार वालाहरुको चासो र जिम्मेवारी बढाउदै भावनात्मक तथा कानुन सम्मत सहयोगको आदान प्रदानका लागि सरोकारवालाहरु संग संवाद गरिएको स्वान संस्थाका राम मोति चौधरीले जानकारी दिनु भएको छ । 










कार्यक्रममा राप्ती गाउँपालिकाका कृषि, पशु, प्रशासन शाखाका प्रमुखहरुले  सुकुम्वासी, भुमिहिन तथा मुत्त कमैया कमलरिका लागि शाखाले विनियोजन गरेको रकमका वारेमा जानकारी दिनु भएको थियो । कृषि शाखा प्रमुख कृषि प्रसार अधिकृत महेश अधिकारी, प्रशासन शाखा अधिकृत विकास ज्ञवाली, पशु शाखा प्रमुख शेर बहादुर हमालले लक्षित वर्गका लागि छुट्याईएका कार्यक्रमका लागि सञ्चार माध्यम वाट जानकारी समेत गरिदै आएको जानकारी दिनु भएको थियो ।  

तिर्थराज ज्ञवाली

मंसिर ११, मसुरीया(देउखुरी दाङ)


Saturday, November 21, 2020

सामुदायिक विद्यालयहरुका लागि अत्यन्त जरुरी सूचना

 प्रस्तावना पेश गर्ने सम्बन्धी राप्ती गाउँपालिकाभित्रका सामुदायिक विद्यालयहरुका लागि अत्यन्त जरुरी सूचना ।



Friday, November 20, 2020

सेवा करारमा पदपुर्ति सम्बन्धी सूचना ।


प्रस्तुत विषयमा गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम संचालन निर्देशिका २०७७, को दफा ५ बमोजिम यस आर्थिक बर्ष २०७७।७८ को लागि तपशिल बमोजिमको उद्यम विकास सहजकर्ताको सेवा करारमा पदपुर्ति गर्नु पर्ने भएकाले देहायको योग्यता भएका ईच्छुक नेपाली नागरिकहरुबाट दरखास्त आव्हान गरिएको छ ।
प्रथम पटक प्रकाशन मिति २०७७।०८।०५




























१ ४/२०७७/७८ उद्यम विकास सहजकर्ता पाचौँ तह सरह १ पाचौँ तहका लागि कुनै पनि निवेदन प्राप्त नभएको खण्डमा दुवै चौथौ तहको सहजकर्ता समेत राख्न सकिनेछ । २ ५/२०७७/७८ उद्यम विकास सहजकर्ता चौथौँ तह सरह १ आवश्यक योग्यता र अनुभव क. प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिईभिटी) बाट मान्यता प्राप्त उद्यम विकास सहजकर्ता सम्बन्धी डिप्लोमा कोर्ष उतिर्ण गरेको, वा ख. प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् बाट उद्यम विकास सहजकर्ता सीप परिक्षण तह २ वा ३ उत्तीर्ण गरेको, वा ग. प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् बाट मान्यता प्राप्त उद्यम विकास सहजकर्ता सम्बन्धी प्राविधिक प्रबेशिका परिक्षा (टिएसलसी ) उत्तीर्ण गरेको । दरखास्त दिने स्थान –राप्ती गाउँकार्यापालिकाको कार्यालय, दाङ। दरखास्त दस्तुर- रु ५००/- दरखास्त दिने अन्तिम मिति-२०७७।०८।११ गते कार्यालय समयभित्र। परीक्षा तालिका - सम्पर्क मितिमा जानकारी गराईनेछ । छनौटको किसिम - संक्षिप्त सूचि प्रकाशन तथा अन्तरवार्ता । दरखास्त साथ संलग्न गर्नुपर्ने कागजातहरु – शैक्षिक योग्यताको प्रमाणपत्र, नेपाली नागरिकताको प्रमाणपत्र ,अनुभव सम्बन्धी प्रमाण पत्र, ३ प्रति पासपोर्ट साईजको फोटो । सम्पर्क मिति -२०७७।०८।११ सम्म। थप जानकारीका लागि – ९८४९५१६७८० शोभाराम रिजाल प्रमुख प्रशासकीय अधिकृत

Thursday, November 19, 2020

सहभागितामूलक योजना निर्माण र कार्यान्वयन प्रकृया सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

 सल्यानको कपुरकोटमा सहभागितामुलक योजना निर्माण र कार्यान्वयन प्रकृया सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । जनप्रतिनिधी, कर्मचारी, युवा मञ्च र सामुदायीक समुहका सदस्यहरुका वीच सहभागितामूलक योजना र बजेट प्रक्रियालाई नागरिक र सरकार बीचमा कसरी जोड्न सकिन्छ भन्ने विषयमा छलफल भएको हो । दलित विकास समाजद्वारा सञ्चालित सुशासनमा नागरिक सहभागीता कार्यक्रम अन्तर्गत विहिबार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको उक्त कार्यक्रमका जिल्ला संयोजक गुमानसिंह नेपालीले जानकारी दिए ।












कार्यक्रममा स्थानीय नागरिकहरुले कपुरकोट गाउँपालिकाले योजना छनौट प्रक्रियामा जनसहभागीता बनाएको तर जनसमुदायले माग गरेका केही योजनाहरु पुरा हुन बाँकी रहेको बताएका थिए । साथै उनीहरुले योजना निर्माण र सञ्चालन प्रक्रियामा महिला तथा दलित समुदायको पर्याप्त सहभागीता हुनुपर्नेमा जोड दिएको संयोजक नेपालीले जानकारि दिए ।


कार्यक्रममा कपुरकोट गाउँपालिका उपाध्यक्ष तिला बुढा मगरले वस्ति स्तरका छलफल र परामर्शद्वारा सबै नागरिकहरूलाई समस्याको पहिचान, परियोजनाको छनौट, प्राथमिकता र निर्णय लिने कार्यमा संलग्न गराउन उत्प्रेरित गरिरहेको बताइन् । कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत अरुण दाहाल, वडा अध्यक्षहरु, विषयगत शाखाका प्रमुख तथा वडा सचिवहरुको सहभागीता थियो ।

संकर केसी सल्यान 

कोरोना भाइरस: 'माउथवास'ले ३० सेकेन्डमा प्रयोगशालमा भाइरस निष्क्रिय पार्न सक्छ

 मुख कुल्ला गर्ने माउथवासले ३० सेकेन्डभित्र कोरोनाभाइरसलाई मार्ने प्रयोगशालामा गरिएको एउटा अध्ययनले देखाएको छ।

कार्डिफ विश्वविद्यालयका वैज्ञानिकहरूले माउथवाससँगको संसर्गले भाइरसलाई नष्ट गर्न सहयोग पुग्नसक्ने 'आशाजनक सङ्केतहरू' पाइएको बताएका हुन्।








युनिभर्सिटी हस्पिटल अफ वेल्समा कोभिड-१९ का बिरामीमाथि गरिएको एउटा उपचारात्मक परीक्षणअघि उक्त विवरण आएको हो।

डा. निक क्लेडन उक्त अध्ययनले मानिसहरूको दैनिकीमा 'माउथवास'लाई एउटा महत्त्वपूर्ण हिस्सा बनाउन सक्ने बताउँछन्।

उपचारमा प्रयोग हुन सक्ला?

अध्ययनले र्‍यालमा रहेका भाइरसलाई माउथवासले मार्न सहयोग गर्न सक्ने देखाए पनि यसलाई कोरोनाभाइरसको उपचारका लागि प्रयोग गर्न सकिन्छ भन्ने कुनै पनि सङ्केत पाइएको छैन किनकी यो श्वासप्रश्वासको नली र फोक्सोसम्म पुग्दैन।

डा. क्लेडन भन्छन्, "यदि यी सकारात्मक परिणामहरू देखिएका हुन् भने हात धुने, सामाजिक दूरी कायम गर्ने र मास्क लगाउने कार्यका साथसाथै सीपीसीमा आधारित माउथवासहरू पनि अहिले र भविष्यमा मानिसको दैनिकीका थप महत्त्वपूर्ण हिस्सा बन्न सक्नेछन्।"

विश्वविद्यालयको विवरण अनुसार कम्तीमा ०.०७ प्रतिशत साइटोपिरिडिनियम क्लोराइड सीपीसी भएका माउथवासहरूले प्रयोगशालामा भाइरससँग संसर्ग हुँदा ती भाइरसलाई नष्ट गरेका हुन्।

उक्त अनुसन्धानपत्रको अन्य वैज्ञानिकले परीक्षण गरी पुष्टि गर्न बाँकी नै छ।

यसले हालैको अर्को अध्ययनलाई थप बल पुर्‍याउँछ। त्यस अध्ययनले सीपीसीमा आधारित माउथवासहरूले भाइरसको भारलाई कम गर्न सहयोग पुर्‍याउने देखाएको थियो।

बीबीसी विशेषः

त्रिभुवन विमानस्थलमा सशस्त्र खटाउन प्रस्ताव

 अन्तर्राष्ट्रिय सीमा सुरक्षाको जिम्मा आफ्नो भएको भन्दै एपीएफले विमानस्थलमा पनि उपस्थिति खोजेको हो ।









 त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा सशस्त्र प्रहरी बल (एपीएफ) को संयन्त्र राख्न गृह मन्त्रालयले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई पत्र पठाएको छ । गृहले पर्यटन मन्त्रालयअन्तर्गतको नागरिक उड्डयन प्राधिकरणलाई पत्र लेख्दै अन्तर्राष्ट्रिय विमानस्थलको गुरुयोजनामा एपीएफको युनिट राख्न प्रस्ताव गरेको हो ।

अन्तर्राष्ट्रिय सीमा सुरक्षाको जिम्मा आफ्नो भएको भन्दै एपीएफले विमानस्थलमा पनि उपस्थिति खोजेको थियो । तर नेपाली सेना, नेपाल प्रहरी र पर्यटन मन्त्रालयले विरोध जनाएपछि उसको उपस्थिति विमानस्थलभित्र छैन । एपीएफका १२ वटा म्यानडेटमध्ये सातौं बुँदामा अन्तर्राष्ट्रिय सीमा सुरक्षा गर्ने भन्ने छ । यस्तै नवौं नम्बर बुँदामा महत्त्वपूर्ण प्रतिष्ठान तथा संरचनाको सुरक्षामा पनि सशस्त्र प्रहरी खटिने भन्ने छ । यी दुई बुँदालाई टेकेर एपीएफले विमानस्थलमा आफ्नो उपस्थिति खोज्दै आएको छ ।









गृह मन्त्रालयका सूचना अधिकारी प्रेमलाल लामिछानेले विमानस्थल सुरक्षार्थ एपीएफलाई स्थान उपलब्ध गराउन समन्वय गरिएको बताए । एपीएफले १० वर्षे सशस्त्र द्वन्द्वकै बेला विमानस्थलभित्र आफ्नो संरचना राख्न लबिइङ गरेको थियो । त्यतिबेलै सिनामंगलस्थित प्राधिकरणको जग्गामा आतंककारी गतिविधि नियन्त्रण र विमानस्थलको बाहिरी सुरक्षाका लागि भन्दै सशस्त्रको गण पनि स्थापना गरियो । पछि सशस्त्र प्रहरीको संगठन तथा व्यवस्थापन सर्वेक्षण संशोधनका क्रममा त्यस गणलाई ‘विपद् उद्धार गण’ का रूपमा विकास गरिएको छ ।

अन्तर्राष्ट्रिय सीमा सुरक्षाको जिम्मा आफ्नो भएको भन्दै एपीएफले विमानस्थलमा पनि उपस्थिति खोजेको थियो । तर नेपाली सेना, नेपाल प्रहरी र पर्यटन मन्त्रालयले विरोध जनाएपछि उसको उपस्थिति विमानस्थलभित्र छैन । एपीएफका १२ वटा म्यानडेटमध्ये सातौं बुँदामा अन्तर्राष्ट्रिय सीमा सुरक्षा गर्ने भन्ने छ । यस्तै नवौं नम्बर बुँदामा महत्त्वपूर्ण प्रतिष्ठान तथा संरचनाको सुरक्षामा पनि सशस्त्र प्रहरी खटिने भन्ने छ । यी दुई बुँदालाई टेकेर एपीएफले विमानस्थलमा आफ्नो उपस्थिति खोज्दै आएको छ ।

सशस्त्र प्रहरी बल स्थापनाअघि सरकारद्वारा गठित ‘सशस्त्र प्रहरी गठन सुझाव कार्यदल’ का संयोजकसमेत रहेका पूर्वगृहसचिव खेमराज रेग्मी विमानस्थल महत्त्वपूर्ण प्रतिष्ठान र अन्तर्राष्ट्रिय सीमासमेत भएकाले त्यस ठाउँमा सशस्त्रको आतंककारी गतिविधि नियन्त्रण तथा विपद् व्यवस्थापन कार्यमा विशेष तालिम प्राप्त संयन्त्र स्थापना गर्न आवश्यक भएको बताउँछन् । ‘सशस्त्र प्रहरी स्थापनाका मूल उद्देश्य नै आतंककारी गतिविधि नियन्त्रण, सीमा सुरक्षा, महत्त्वपूर्ण भवन तथा प्रतिष्ठान, विशिष्ट व्यक्तिको सुरक्षा प्रदानका लागि थियो, यो म्यानडेटअनुसार विमानस्थलमा उसको उपस्थिति अपरिहार्य छ,’ रेग्मीले भने, ‘तर शरीर/झोला खानतलासीलगायत दैनिक रूपमा प्रहरीले गर्ने कामकारबाहीमा भने सशस्त्रको उपस्थिति हुनु हुँदैन ।’

पछिल्लो पटक अन्तर्राष्ट्रिय विमानस्थलभित्र भौतिक संरचना निर्माणसम्बन्धी नयाँ गुरुयोजना बन्ने क्रममा उक्त गण हटाउने प्रस्ताव आएसँगै विमानस्थलभित्रै त्यसलाई स्थानान्तरण गर्नुपर्ने गृहको सुझाव छ । प्राधिकरणका महानिर्देशक राजन पोखरेलले सशस्त्रको संयन्त्र विमानस्थलभित्र राख्न गृहबाट प्रस्ताव आएको पुष्टि गरे । तर यसबारे कुनै निर्णय भइनसकेको उनको भनाइ छ । ‘यस विषयमा राष्ट्रिय नागरिक उड्डयन सुरक्षा समितिमा पनि छलफल भयो, समितिले उपसमिति नै गठन गरेर भित्री सुरक्षाबारे प्रतिवेदन नै बुझाइसकेको छ, तर सशस्त्रलाई विमानस्थलभित्र राख्ने विषयमा भने निर्णय भइसकेको छैन,’ पोखरेलले भने ।

नेपालमा कोरोना खोपको परीक्षण गर्न सकिने

 कोरोना भाइरसविरुद्धको भ्याक्सिन नेपालमा पनि परीक्षण गर्ने कानुनी बाटो खुलेको छ ।










आपत्कालीन औषधि र खोप प्रयोगलाई सहज बनाउन सरकारले सिफारिस गरेको औषधि (तेस्रो संशोधन) अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार जारी गरेसँगै अन्य मुलुकमा अनुमति पाएको खोपको क्लिनिकल ट्रायल नेपाल पनि गर्ने कानुनी आधार तयार भएको हो ।

औषधि ऐन २०३५ मा नयाँ औषधिको क्लिनिकल ट्रायल गर्न औषधि व्यवस्था विभागबाट अनुमति लिनुपर्ने व्यवस्था थियो । अध्यादेशमा भने खोपको पनि क्लिनिकल ट्रायल गर्न सकिने व्यवस्था गरिएको छ । त्यस्तै नियामक निकायले अनुमति दिएको खोपलाई नेपालमा पनि प्रयोग गर्न सकिने प्रावधान राखिएको छ ।









त्यस्तै महामारीका बेला आकस्मिक रूपमा प्रयोग गर्नुपर्ने औषधि तथा खोप ल्याउने बाटो पनि सहज बनाइएको छ । अध्यादेशमा कोरोनालगायत अन्य महामारीका बेला आवश्यक पर्ने औषधि र खोप सहजै आयात गर्न मिल्ने व्यवस्था राखिएको हो ।

पर्यटकीय स्थल लुम्बिनी आठ महिनापछि खुल्यो

 बुद्ध जन्मस्थल लुम्बिनी आठ महिनापछि खुलेको छ । सरकारले गत शुक्रबार पर्यटकीय स्थलहरु खुला गर्ने निर्णय गरेसँगै अन्तर्राष्ट्रिय पर्यटकीयस्थल लुम्बिनी पनि खुलेको हो । 









पर्यटकका लागि खुला गरिएसँगै लुम्बिनीमा आन्तरिक पर्यटकको चहलपहल शुरु भएको छ । अब पर्यटकहरु स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर बुद्ध जन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिर परिसर, अशोक स्तम्भ, पुष्करिणी पोखरी, बगैँचा र विभिन्न देशका बिहारहरु घुम्न पाउनेछन् । 











मायादेवी मन्दिर परिसरमा प्रवेश गर्नुअघि हरेक पर्यटकको तापक्रम मापन गरिने र अनिवार्य रुपमा मास्क लगाएको हुनुपर्ने लुम्बिनी विकास कोषका वरिष्ठ अधिकृत एवं प्रमुख प्रशासकीय अधिकृत ज्ञानिन राईले बताउनुभयो । ‘अहिले मायादेवी मन्दिर परिसर, पवित्र उद्यान क्षेत्रका सबै ठाउँ र मन्दिर तथा बिहारहरु खुला गरिएको छ, अब छिट्टै मायादेवी मन्दिरभित्र पनि जान मिल्ने गरी खुला हुने छ,’ राईले भन्नुभयो, ‘हामीले लकडाउनको अवधिलाई सदुपयोग गर्दै लुम्बिनीलाई थप सौन्दर्यीकरण गरेका छौं ।’

लुम्बिनी खुला गरिएसँगै बुधबार साँझ लुम्बिनी होटेल संघको आयोजनामा होटेल व्यवसायीहरुले मायादेवी मन्दिर परिसरमा विश्व शान्तिको कामना गर्दै दीप प्रज्ज्वलन गरेका थिए । मायादेवी मन्दिरसँगै रहेको अशोक स्तम्भ परिसरमा स्थानीय होटेल व्यवसायी र अन्य इच्छुकले अब हरेक दिन ५ बजेदेखि ७ बजेसम्म दीप प्रज्ज्वलनलाई निरन्तरता दिने लुम्बिनी होटेल संघका महासचिव लिलामणि शर्मा पौडेलले बताउनुभयो । ‘आठ महिनासम्म मायादेवी मन्दिर दर्शन र लुम्बिनी घुम्न नपाएको अवस्थामा खुला भएको दिन नै आन्तरिक पर्यटकको चहलपहल देखियो,’ पौडेलले भन्नुभयो, ‘पर्यटक आउने मुख्य सिजनमै लुम्बिनी नखुल्दा व्यवसायी चिन्तित थिए, अब आन्तरिक पर्यटकको आगमन बढ्ने अपेक्षा छ ।’











हिलबारस्थित ५ नम्बर प्रवेशद्वारबाट मायादेवी मन्दिर पुग्ने पैदलमार्गमा रंगीन इँटा बिछ्याएर आकर्षक बनाइएको र मायादेवी मन्दिर परिसरमा घाँस, दुबो काटेर चिटिक्क बनाइएको राईले बताउनुभयो । असोजदेखि मंसिरसम्मको तीन महिना लुम्बिनीमा आन्तरिक पर्यटक सबैभन्दा बढी आउने सिजन हो । यो अवधिमा एक महिनामा सरदर डेढ लाख पर्यटक आउने गरेको लुम्बिनी विकास कोषका सूचना शाखाका अधिकृत हरि राईले बताए । यो सिजनमा विगत वर्षमा प्रतिमहिना एक लाख बढी आन्तरिक पर्यटक लुम्बिनी घुम्न आउने गरेको तथ्यांक छ ।अनलाइन खबरबाट ।

विश्वव्यापी कोरोना महामारीका कारण बुद्ध जन्मस्थल लुम्बिनी बन्द थियो । आन्तरिक पर्यटक समेत नआएपछि लुम्बिनीका होटेल व्यवसायीसहित ११ वटा संघसंस्थाले मायादेवी मन्दिर खुल्ला गर्न माग गर्दै ज्ञापनपत्रमार्फत लुम्बिनी विकास कोषलाई आग्रह गरेका थिए । 

जिपको ठक्कर वाट १ को मृत्यु २ घाईते

 गएराती रोल्पामा सवारी दुर्घटना हुदा १ जनाको मृत्यु भएको छ भने २ जना घाईते भएका छन् । राती अन्दाजी ०८:३० बजेको समयमा जिल्लाको सुनिलस्मृती गा.पा.८ तल्लोपानी स्थित सुलिचौर-अरेश भित्री सडक खण्डमा जिपले ठक्कर दिदा उक्त दुर्घटना भएको हो । 









लु १ ज ३०७० नम्बरको जिपको ठक्कर वाट घाईते भएका मध्ये सुनिलसमृती गा.पा.-०८ अरेस वस्ने बर्ष ४६ को राहुल मगरको प्राथामिक स्वास्थ्य केन्द्र सुलीचौरमा प्राथामिक उपचार पश्वात थप उपचारको लागी बुटवल तर्फ लैजादै गर्दा वाटोमा नै मृत्यु भएको छ । अन्य घाईते सोही ठाउ वस्ने बर्ष ६ को राजेन्द्र पुन र बर्ष ३५ कि रिमा पुनलाई तत्काल उपचारको लागी सुनिलस्मृती गा.पा. स्थित प्राथामिक स्वास्थ्य केन्द्र सुलीचौर ल्याईएकोमा थप उपचारको लागी बुटवल रिफर गरिएको छ । दुर्घटना लगत्तै घटनास्थल वाट फरार भएको जिप र चालकलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारवाही प्रकृया शुरू गरेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख प्रहरी नायव उपरिक्षक नरेश राज सुबेदीले जानकारी दिनुभएको छ ।

Tuesday, November 17, 2020

तनहुँको मानुङडाँडा जाँदै गरेको माइक्रो बस दुर्घटना हुँदा १ को मृत्यु, ८ घाइते

 पछिल्लो समय निकै चर्चामा आएको तनहुँको मानुङडाँडा जाँदै गरेको हायस माइक्रो बस बुधबार विहान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् ।

सूर्योदयको अवलोकन लागि भनेर यात्रु बोकेर दमौलीबाट जाँदै गरेको ग १ ख २९४२ नम्बरको माइक्रो बस दुर्घटना हुँदा पोखरा महानगरपालिका गगनगौंडाकी २८ वर्षीया सुनिता गुरुङको मृत्यु भएको हो ।









उनको उपचारको क्रममा दमौलीको रत्नहरी अस्पतालमा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख रेशम रानाभाटले जानकारी दिए । घाइतेहरु सबैको दमौलीमा उपचार भैरहेको छ ।

हायस मानुङ पुग्नै लाग्दा ब्रेकरका कारण उक्लन नसकेपछि ब्याक भएर करिब तीन सय मिटर तल खसेको थियो ।

‘मानहुँकोट’ पनि भनिने मानुङकोट रमणीय दृष्य अवलोकनका लागि आन्तरिक पर्यटकहरुको आकर्षणको केन्द्र बनेको छ । दशैं विदाको बेला पर्यटकहरुको अत्यधिक भीड भएपछि आगन्तुकहरुको कोटा तोकिएको थियो ।

एक घण्टा पछि सारियो मन्त्रिपरिषद् बैठक

 आज दिउँसो एक बजे बोलाइएको मन्त्रिपरिषद् बैठक एक घण्टा स्थगित गरिएको छ । सचिवालय बैठक बस्ने समय नै पारेर मन्त्रिपरिषद् बैठक बोलाइएको थियो ।






तर, केही समय अगाडि मन्त्रीहरुलाई बैठक एक घण्टा सरेको जानकारी गराइएको छ । शुक्रबार शुरु भएको सचिवालय बैठकले आज एक बजे बैठक बस्ने समय तय गरेको थियो । त्यही समय पारेर प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका थिए ।

Wednesday, November 11, 2020

राप्तीमा चार सहकारी संस्था एकीकृत हुदै

राप्ती गाउँपालिका क्षेत्रमा कार्य गर्दै आएका चार सक्रिय सहकारीहरु एकीकृत हुने भएका छन् ।

राप्ती गाउँपालिका तथा अन्य पालिका कार्यक्षेत्र बनाएर काम गर्दै आएका सहकारी लाई राप्ती गाउँपालिकाले सहकार्य गरि एकिकृत हुन आब्हान गरे पश्चात हरियाली, महाप्रभु, विहानी र जनजीविका बचत तथा ऋण सहकारी संस्थाहरु एकिकृत हुन थालेका हुन ।























राप्ती गाउँपालिका भित्रका बचत तथा ऋण सहकारी संस्थाहरुलाई एकिकृत गर्दै एक व्यवसायिक, नीतिगत, प्राविधिक र आर्थिक रुपमा बलियो संस्था निर्माण गर्दै यस देउखुरी क्षेत्रहरुको विकास तथा प्रबद्र्धनको लागि संस्थामा आबद्ध सदस्यहरु मार्फत लगानी विस्तार गर्दै अन्तरराष्ट्रिय स्तरको आत्मनिर्भर, बलियो नमुना सहकारी निर्माण गर्ने उदेश्य अनुसार एकीकरण गर्न थालीएको महाप्रभु बचत तथा ऋण सहकारी संस्था का सचिव एवं जिल्ला सहकारी संघ दाङ का कोषाध्यक्ष हरि प्रसाद भुसालले जानकारी दिनु भएको छ ।

सहकारी ऐन २०७४ को दफा ८७ र नियमावली २०७५ को दफा ३९ साथै लुम्विनी प्रदेशको सहकारी ऐन ०७६ को दफा ७२ र सहकारी नियमावली ०७६ को दफा ३१ ले पनि सहकारीहरु एकिकरण हुन सक्ने व्यवस्था गरे बमोजिम चार सक्रिय सहकारीहरु एकीकृत हुने भएका हुन ।
राप्तीका सहकारीहरुको २०७३ साल देखिनै एकिकरण प्रक्रिया चलिरहेको थियो । स–साना कुराहरुमा असमझदारीका कारण सफल हुन नसकिरहेको अवस्थामा अहिलेको मर्जर अभियानमा एकिकृत संस्थाँको अध्यक्ष विभिन्न पद, संस्थाको नाम, केन्द्रिय कार्यालय भन्ने समस्याको पुर्ण रुपले समाधान गरि सदस्यलाइ वित्तिय सेवा प्रदान गरि उनिहरुका आवश्यकता पुरा गर्न र आर्थिक सामाजिक र साँस्कृतिक जिवनमा परिवर्तन ल्याउन सकिने गरि सहकारी मर्च हुन थालेको हरियाली बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष तथा जिल्ला बचत संघ दाङ का कोषाध्यक्ष शिव ध्वज मल्लले जानकारी दिनु भएको छ ।
एकिकृत संस्था सञ्चालन गर्न १३ सदस्यीय सञ्चालक समिति र ३ सदस्यीय लेखा सुपरिबेक्षण समिति रहने र नेतृत्व शिवध्वज मल्लले गर्ने गरि सहकारी मर्चको सुरुवात गरिएको छ । जसको लेखा सुपरिबेक्षण समितिको संयोजकमा रुकमाङगत ज्ञवाली रहने बताईएको छ ।
चार सहकारीको आर्थिक वर्ष ०७६।०७७ को  असार मसान्त सम्मको विवरणको आधारमा पुरुष २ हजार ५ सय ५० महिला ३ हजार २ सय ५० र संस्थागत सदस्य १९ गरी जम्मा सदस्य संख्या ५ हजार ८ सय १९ र जम्मा पुजी रु ३८ करोड २६ लाख ६९ हजार ९ सय ४ रुपैया लाई चार वटा सेवा केन्द्रहरु मार्फत व्यावस्थापन गरिने सहमित भएको विहानी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष देब प्रसाद चौधरीले बताउनु भएको छ ।




















एकिकृत चार बचत तथा ऋण सहकारी संस्थालाई प्रभावकारी रुपमा संचालन गर्नको लागि चरणबद्ध रुपमा कार्यक्रमहरु अगाडी बढाईने भएको छ । पहिलो चरणमा सहकारीका मुल्य मान्यता र सिद्धान्तका विषयमा अवगत गराउने, दोस्रो चरणमा सबै संञ्चालक कर्मचारी र केही सदस्यहरुलाई सहकारी जागरणबाट सशक्तिकरण गरी क्षमता अभिवृद्धि गर्ने, तेस्रो चरणमा साकोस व्यावसायीकरण गर्ने, व्यावसायीकरणमा संस्थाको त्रिवर्षिय योजना वार्षिक कार्य योजना मासिक र त्रैमासिक कार्ययोजना, संस्थाको निति, विधि, र प्रविधिलाई आत्मसाथ गर्ने गराउने  र चौथो चरणमा साकोसमा गुणस्तर सुनिस्चिताको मापन विधि, लेखा, पल्र्स अनुगमन प्रणालीमा आर्थिक विश्लेषणमा एकरुपता गरि काम सुरु गरिएको  जनजिवीका बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष जीवराज शर्मा बताउनु भएको छ ।


















एकिकरण पश्चात सहकारीको केन्द्रिय कार्यलय राप्ती गाउँपालिका वडा.न. ५ सिसहनियामा रहने साथै जनजीविका सेवाकेन्द्र भालुबाङ्ग, महाप्रभु सेवा केन्द्र लालमटिया, बिहानी सेवा केन्द्र पथ्थरगढवा र हरियाली सेवा केन्द्र फल्कापुर बाट सेवा प्रारम्भ गर्ने गरि काम थालीएको हरियाली बचत तथा ऋण सहकारी संस्थाका ब्यवस्थापक उमेश कुमार चौधरीले जानकारी दिनुभएको छ ।
तिर्थराज ज्ञवाली
कार्तिक २७, सिसहनिया(देउखुरी दाङ्ग)

मङ्सिर २ गते किजा पूजाको अवसरमा सार्वजनिक विदा

किजा पूजाको अवसरमा मंसिर २ गते मंगलबार सार्वजनिक बिदा हुने भएको छ ।











यस्तो निर्णयले सम्पुर्ण तिर खुसीयालीको महसुस भएको छ । विगतमा ५ दिन विदा दिने गरिएकोमा पछिल्लो वर्षहरुमा तिन दिन मात्र तिहारको विदा दिने गरिन्छ ।















गृह मन्त्रालयले आज एक विज्ञप्ति प्रकाशित गर्दै उक्त दिन देशभर सबै सरकारी कार्यालय, सार्वजनिक निकाय, संघ–संस्था, शिक्षण संस्थाहरु समेतमा सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएको हो । मन्त्रिपरिषद्को यही २४ गतेको निर्णयानुसार बिदा दिने निर्णय भएको गृह मन्त्रालयका प्रवक्ता चक्र हादुर बुढाले हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख छ ।

Tuesday, November 10, 2020

मंसिर ६ सम्म विद्यालय बन्द हुने



राप्ती गाउँपालिका भित्र विभिन्न वडा तथा समुदायस्तरमा कोभिड १९ संक्रमण देखिएकोले पुनः सबैलाई सजग रहन अनुरोध गर्दै विद्यालय समेत बन्द गर्न अनुरोध गरिएको छ ।

















पछिल्लो समय कोरोना संक्रमण बढ्दै गएको भन्दै राप्ती गाँउपालिका शिक्षा, युवा तथा खेलकुद शाखाले एक सुचना निकाली कोरोना बाट सजक रहन आग्रह गर्दै विद्यालय आगामी तिहार, छठ पर्व लगायतलाई समेत ध्यान दिदै विहिवार २७ गते देखी मंसिर ६ गते शनिवार सम्म विद्यालयहरु बन्द गर्ने सूचना प्रवाह गरेको हो ।
बुधवार बसेको सामाजिक विकास समितिको बैठकले विद्यालयहरु बन्द गर्नेे निर्णय गरेको हो ।

तिर्थराज ज्ञवाली
कार्तिक २६, मसुरीया(देउखुरी दाङ)

नेपाली काग्रेसको आगामी १४ औ महाधिवेशन राप्ती गाउँपालिकाको सभापतिमा चर्चा सुरु

नेपाली काग्रेसको आगामी १४ औ महाधिवेशन राप्ती गाउँपालिकाको सभापतिमा चर्चा सुरु नेपाली काग्रेसको आगामी १४ औ महाधिवेशन नजिकीदै गर्दा दाङ जिल्ला...