Wednesday, November 25, 2020

नामसालिङको चार वर्षे प्रगति प्रतिवेदन प्रस्तुत


दाङ जिल्लामा राप्ती गाउँपालिका क्षेत्र लाई मुख्य कार्यक्षेत्रको रुपमा राखेर आफ्ना कृयाकलाप सञ्चालन गर्दै आएको नामसालिङ सामुदायिक विकास केन्द्र मातहतको परियोजनाको हाल सम्मको प्रगति प्रतिवेदन प्रस्तुत गरेको छ । 












सन २०१७ देखी २०२० सम्म परियोजनाद्धारा सञ्चालनमा रहेका कार्यक्रमको साथै अझै गर्न र पुरा गर्न बाकी रहेको कृयाकलापको बारेमा समेत कार्यक्रममा जानकारी दिईएको थियो । 











राप्ती गाउँपालिका क्षेत्रमा २३ वटा समुह मार्फत ६५० घरधुरीलाई प्रत्यक्ष सहभागी गराई आफ्ना क्रियाकलाप सञ्चालन गर्दै आएको नामसालिङ सामुदायिक विकास केन्द्र एकिकृत ग्रामिण विकास परियोजनले खाद्य तथा पोषण सुरक्षामा बृद्धि, जलबायु परिवर्तन अनुकुलन तथा प्रकोप जोखीम न्युनिकरण योजना, घरधुरी आयमा सुधार, नागरिक संस्थाहरु तथा स्थानीय तह सवलीकरण, लैगिंक समता बृद्धि लगायतका विषयमा काम गर्दै आएको छ । 










समुदायको जिवनस्तरमा सुधार गर्न करिव ५० लाखको बजेटमा ४ वर्ष आफ्ना कृयाकलाप सञ्चालनमा ल्याएको परियोजनाद्धारा खाद्य तथा पोषण सुरक्षामा वृद्धि कार्यक्रममा धान, मकै, गहुँर आलुका उन्नत जातका विउ वितरण, सुक्ष्म सिंचाइ प्रविधिमा  फोहोरा, पाइप, प्लाष्टिक पोखरी, मोटर पम्प, थोपा सिचाई वितरण, गाइ, कुखुरा, बाख्रा, सुंगुर पशुवस्तु गोठ निर्माण सहयोग, अगुवा कृषकलाइ सहयोग तथा तालिम उपकरण प्रविधि वितरण, घरबगैचा प्रर्बधन तथा सहयोग अन्तरगत तरकारी विउँ, फलफूल विरुवा एकिकृत घरबगैचा व्यवस्थापन किसान तालिम, घरधुरी तथा आमा तथा विद्यार्थी लाइ पारिवारिक पोषण कार्यक्रम तथा सचेतना, तालिम, तरकारी विउँ वितरण गरिएको छ । 










त्यस्तै जलवायु परिवर्तन अनुकुलन तथा प्रकोप जोखिम न्युनिकरण कार्यक्रम  अन्तरगत जलवायुमैत्री कृषि प्रविधि प्रवर्धनमा जलवायू कृषि अभ्यास टनेल, थोपा सिंचाई, कम खनेजोत गर्ने कृषि प्रविधि सहयोग गरिएको छ,  वगासोती, मच्छिताल, भूल्के, रुपाकोट, करङ्गेमा समुदाय स्स्तरमा जलवायु अनुकुलन योजना तर्जुमा समेत गरिएको छ ।  

समुदायमा जलवायु अनुकुलन गाउँ नमुना एकीकृत कार्यक्रम कार्यान्वयन नवीकरण्ीय उर्जा प्रविधि प्रवद्र्धन तथा सहयोग, कृषि तथा पशुपालन, सिचाई, खानेपानी श्रोत संरक्षण गरिएको छ । 










कार्यक्रममा राप्ती गाउँपालिका गाउँकार्यपालिकाका पदाधिकारी एवं नामसालिङ्ग सामुदाियक विकास केन्द्र, इलामको सहयोगमा संचालित एकिकृत ग्रामिण विकास परियोजनाका कर्मचारी एवं पदाधिकारीको सहभागीता रहेको थियो । 

तिर्थराज ज्ञवाली 

मंसिर ११, मसुरीया(देउखुरी दाङ)


No comments:

Post a Comment

नेपाली काग्रेसको आगामी १४ औ महाधिवेशन राप्ती गाउँपालिकाको सभापतिमा चर्चा सुरु

नेपाली काग्रेसको आगामी १४ औ महाधिवेशन राप्ती गाउँपालिकाको सभापतिमा चर्चा सुरु नेपाली काग्रेसको आगामी १४ औ महाधिवेशन नजिकीदै गर्दा दाङ जिल्ला...