Saturday, December 26, 2020

५ नं पार्टि कार्यालयको उद्घाटन, ३० घरमुली नेपाली काग्रेश पार्टि प्रबेश


राप्ती गाउँपालिका नेपाली काग्रेश ५ नं पार्टि कार्यालयको उद्घाटन गरिएको छ । सो वडा नं ५ को कमल रोड स्थीत पार्टि कार्यालय उद्घाटन कार्यक्रममा विभिन्न पार्टि छोडि आएका तथा फ्रेस ३० घरमुलीहरु समेत नेपाली काग्रेश पार्टि प्रबेश गर्नु भएको हो ।  












वडा सभापति जग नारायण चौधरीको सभापतित्वमा भएको कार्यक्रममा नेपाली काग्रेश महासमिति सदस्य नुमानन्द सुवेदिले ३० जनालाई सदस्यता प्रदान गर्दै स्वागत गर्नु भएको हो । 










 कार्यालयहरु उद्घाटनको क्रममा अन्य पार्टि परित्याग गरि आउनु भएका तथा युवा फ्रेसअनुहारलाई जिल्ला सदस्य हरि भुसाल, क्षेत्रिय सभापति तारा डिसी, गोवर्धन रावत, विद्याशरण चौधरी, दुर्योधन पाण्डे, विष्णु जिसी,  आत्मराम भट्राई लगायतले काग्रेशको सिद्धान्त, मर्म र जिम्मेवारीको जानकारी दिदै पर्टिमा स्वागत गर्नु भएको हो । 

वडा नं ५ कमल रोड तथा कालापानीका जिवलाल घर्ति मगर, सीता अधिकारी, भगवता भण्डारी, स्यामलाल घर्ति मगर, हिरा थापा मगर, नारायण चौधरी, अर्जुन चौधरी, रामभरोस चौधरी, दिपक चौधरी, गोवर्धन चौधरी, सिता परियार, नारायणी नेपाली, कालीचरण चौधरी, बुद्धिराम घर्ति मगर, राम दयाल चौधरी, देव मणि चौधरी, नवराज सिन्जाली, अम्विका सारु मगर, जितकला दमासे, पुष्पा पाण्डे, दानी थापा, जित बहादुर थापा, स्याम घर्ति मगर, हिरा थापा, रिषिराम घर्ति, मेघलाल पाण्डे, गिता चौधरी, बुद्धि घर्ति मगर, पदम केसी, विसाल बस्यालले नेपाली काग्रेशको सदस्यता लिई सपथ ग्रहण समेत गर्नु भएको छ । 

आगामी केहि दिनमा वडा नं ७ को पार्टि कार्यलय उद्घाटन संगै फ्रेस युवा र अन्य पार्टि छाडेर नेपाली काग्रेशमा प्रबेश गर्ने करिव ७६ घर परिवारलाई स्वागत गर्ने कार्यक्रम हरेको नं ७ का विद्याशरण चौधरीले जानकारी दिनु भएको छ । 

 तिर्थराज ज्ञवाली

पुस ११, सिसहनियाँ (देउखुरी दाङ)


Monday, December 21, 2020

८२ बर्ष देखी ८४ बर्ष विचका जेष्ठ नागरिकलाई न्यानो कपडा

राप्ती गाउँपालिकाका जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण सुरु गरिएको छ ।













विगतको वर्ष जस्तै यस वर्ष ८२ बर्ष देखी ८४ बर्ष विचका जेष्ठ नागरिकहरुलाई चिसोबाट केहि संरक्षण गर्नका लागि १ वटाका दरले ब्ल्याङकेट वितरण गर्नसुरु गरिएको हो ।
राप्ती गाउँपालिकाको कार्यालयको आर्थिक बर्ष २०७७।२०७८ को स्वीकृत बार्षिक कार्यक्रम अनुसार महिला बालबालिक तथा जेष्ठ नागरिक शाखाको आयोजनामा ९ वटै बडाका ८२ बर्ष देखी ८४ बर्ष विचका जेष्ठ नागरिकहरुलाई न्यानो कपडा दिने कार्यक्रम रहेको छ ।


उपाध्यक्ष जगदम्वा कुमारी चौधरीको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदिको प्रमुख आथित्यतामा वडामै गई न्यानो कपडा वितरण सुरु गरिएको र वडामा आउन नसक्ने ८२ बर्ष देखी ८४ बर्ष विचका जेष्ठ नागरिकहरुलाई वडा जनप्रतिनिधि तथा कर्मचारी घरमै गएर ब्ल्याङकेट प्रदान गरिने छ ।
यसै विच गत महिना वडा नं ७ मा ७४ वर्ष देखी ७७ वर्ष उमेरमा रहनु भएका ६५ जना बृद्ध बृद्धालाई न्यानो कपडा फाईवर सिरक उपलब्ध गरिएको र राप्ती गाउँपालिका तथा लुम्विनी प्रदेश मुख्यमन्त्रि ग्रामीण विकास कार्यक्रमको समन्वयमा ९ वटै वडाका ३१४ वढि जेष्ठ नागरिकलाई थरमस र लाईट उपलब्ध गरिएको थियो ।तिर्थराज ज्ञवाली
पुस ६, मसुरीया(देउखुरी दाङ)

Saturday, December 12, 2020

कुलपानीमा काष्ठ संग्राहलयको उद्घाटन

लुम्बिनी प्रदेशको गढवा गाउँपालिका वडहरा स्थीत कुलपानी सामुदायिक बन समुहले सञ्चालनमा ल्याउन थालेको काष्ठ संग्राहलयको उद्घाटन गरिएको छ । 











परम्परागत काष्ठ सामाग्रीको संग्रह गरिएको काष्ठ संग्राहलयको लुम्बिनी प्रदेशका तिन प्रदेश सभा सदस्य तथा दुई गाउँपालिका अध्यक्षले संयुत्त रुपमा ढिकी कुटेर र कोल पेलेर उद्घाटन गर्नुभएको हो । 













कुलपानी समुह, स्थानिय पालिका, बन महासंघ, बन कार्यालय, स्थानीय उपभोक्ता, हरियोबन कार्यक्रम तथा ब्यक्तिगत सहयोग दाताको संयुत्त लगानीमा सुरु गरिएको परम्परागत काष्ठ सामाग्रीको संग्रह गरिएको काष्ठ संग्राहलयको लुम्बिनी प्रदेश सभा सदस्य अमर बहादुर डाँगी, अर्जुन कुमार श्रेष्ठ र ईन्द्रजित चौधरी, राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदि, गढवा गाउँपालिका अध्यक्ष सहजराम यादवले  संयुत्त रुपमा उद्घाटन गर्नुभएको हो । 










पर्या पर्यटकीय स्थलको रुपमा विकास गर्ने उदेश्यका साथ समुहले हरितपार्कको विकास गरिरहेको बेला काष्ठ जन्य सामाग्रीको संरक्षण तथा पुस्तान्तरणका लागि काष्ठ संग्राहलयको स्थापना गरिएको र आगामी दिनमा धेरै भन्दा धेरै पुरानो चलनमा प्रयोग हुदै आएका काठका सामाग्री संग्राहलयमा राखीने समुहका अध्यक्ष नवराज शर्माले उद्घाटन कार्यक्रममा जानकारी गराउनु भएको छ । 

कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश सभा सदस्य अमर बहादुर डाँगी, अर्जुन कुमार श्रेष्ठ र ईन्द्रजित चौधरी, राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदि, गढवा गाउँपालिका अध्यक्ष सहजराम यादवले कुलपानी समुहले सुरु गरेको हरित पार्क, धार्मीक पर्यटकीय स्थल, सिमसार संरक्षण, ताल तलैया तथा काठका सामाग्री संग्राहलयको विकास र संरक्षणका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको छ । 











कार्यक्रममा काष्ठ संग्राहलयको ब्यवस्थापनका लागि समुहलाई तिन लाख रुपैया समेत केन्द्रिय बन महासंघ, बन महासंघ दाङ र हरियो बन कार्यक्रमको तर्फवाट समुहका अध्यक्षलाई हस्तान्तरण गरिएको छ । सो रकम संग्राहलयको स्थापना, संचालन, संरक्षण तथा भौतिक निर्माणमा प्रयोग गरिने बताईएको छ । 


कार्यक्रममा पुर्व प्रतिनिधि सभा सदस्य रेश्मीराज नेपाली, केन्द्रिय बन महासंघका सचिव ठाकुर भण्डारी, बन महासंघ दाङका अध्यक्ष भुपेन्द्र सुवेदि, लुम्बिनी प्रदेश बन महासंघ सदस्य लाल बहादुर भण्डारी, राप्ती बन महासंघका अध्यक्ष हरि भुसाल, हरियो वन टिम लिडर सीता अर्याल, मान बहादुर विके, सुनिल कुमार चौधरी, कालाकाटे बन डिभिजनका रेन्जर दिनेश डाँगी, ईन्जिनियर विनय कुमार यादव, जनशक्ति बन समुहका चित्र बहादुर महतरा, स्थानिय वन महासंघका हरि प्रसाद सुवेदि, भागीराम डाँगी, राम बहादुर नेपाली, पत्रकार  खेमराज रिजाल, तिर्थराज ज्ञवाली, कुलपानी बन समुहका भरत अधिकारी लगायतले समुहको प्रगतिको लागि शुभकामना दिनु भएको थियो ।   

कुलपानी बन समुहले आफ्नो धार्मीक स्थल, पार्क, क्षेत्रमा बाल उद्यान, पीकनकि स्थल, डुङ्गा सयर, बन सफारी, तलाउमा फिसीङ्ग, फलफुल बगैचा, काष्ठ उद्योग सञ्चालनमा ल्याएको छ । 





तिर्थराज ज्ञवाली

मंसीर २७, बडहरा(देउखुरी दाङ)



Wednesday, December 2, 2020

फाइजरको कोरोना भाइरसविरुद्ध खोपलाई बेलायतले दियो अनुमति

 बेलायतले फाइजर बायोएनटेक कम्पनीले बनाएको कोरोनाभाइरसविरूद्धको खोप प्रयोग गर्न अनुमति दिएको छ। योसँगै विश्वमा कोरोना भाइरसविरुद्धको खोप बिस्तारित तहमा सर्वासाधारणको प्रयोगका लागि स्वीकृति प्रदान गर्ने बेलायत पहिलो देश बनेको छ ।









जर्मन कम्पनी बायोएनटेक र अमेरिकी कम्पनी फाइजरले बनाएको खोप कोरोना भाइरसको संक्रमण रोक्नमा ९५ प्रतिशत सफल भएको तेस्रो तथा अन्तिम चरणको मानवीय परीक्षणले देखाएको थियो ।

त्यसपछि सो खोप स्वीकृतिका लागि निवेदन दिइएकोमा बेलायतको नियामक निकाय एमएचआरएले हरियो झण्ड देखाएको हो ।

एमएचआरएले फाइजरको खोपको प्रभावकारिता ९५ प्रतिशतसम्म देखिएको भन्दै सर्वसाधारणलाई बिस्तारित तहमा प्रदान गर्नका लागि सुरक्षित रहेको बताएको हो ।

उच्च प्राथमिकता समूहमा रहेका व्यक्तिहरुलाई अबको केही दिनभित्र फाइजरको खोप दिन थालिने छ ।

बेलायतले यसअघि नै खोपको चार करोड डोजको अडर दिएको छ । दुई डोज दिइनु पर्ने खोप बेलायतमा हालको अडर अनुसार दुई करोड मानिसलाई दिन पुग्छ । चाँडै नै एक करोड खोप उपलब्ध हुनेछ ।

इतिहासमै सबैभन्दा छिटो कुनै पनि खोप विकास भएर सर्वसाधारणको प्रयोगमा आउन थालेको हो । मात्रै १० महिनामा खोप तयार भएको हो । सामान्य अवस्थामा खोप बनाउनका लागि दशक लाग्ने गर्छ ।

Tuesday, December 1, 2020

वडा लाई कार्यालय सामाग्री वितरण राप्ती गाउँपालिकाको ९ वटै वडा लाई कार्यालय सामाग्री उपलब्ध गराईएको छ ।

 वडा लाई कार्यालय सामाग्री वितरण 










राप्ती गाउँपालिकाको ९ वटै वडा लाई कार्यालय सामाग्री उपलब्ध गराईएको छ । 


नेपाली काग्रेसको आगामी १४ औ महाधिवेशन राप्ती गाउँपालिकाको सभापतिमा चर्चा सुरु

नेपाली काग्रेसको आगामी १४ औ महाधिवेशन राप्ती गाउँपालिकाको सभापतिमा चर्चा सुरु नेपाली काग्रेसको आगामी १४ औ महाधिवेशन नजिकीदै गर्दा दाङ जिल्ला...