Saturday, December 12, 2020

कुलपानीमा काष्ठ संग्राहलयको उद्घाटन

लुम्बिनी प्रदेशको गढवा गाउँपालिका वडहरा स्थीत कुलपानी सामुदायिक बन समुहले सञ्चालनमा ल्याउन थालेको काष्ठ संग्राहलयको उद्घाटन गरिएको छ । 











परम्परागत काष्ठ सामाग्रीको संग्रह गरिएको काष्ठ संग्राहलयको लुम्बिनी प्रदेशका तिन प्रदेश सभा सदस्य तथा दुई गाउँपालिका अध्यक्षले संयुत्त रुपमा ढिकी कुटेर र कोल पेलेर उद्घाटन गर्नुभएको हो । 













कुलपानी समुह, स्थानिय पालिका, बन महासंघ, बन कार्यालय, स्थानीय उपभोक्ता, हरियोबन कार्यक्रम तथा ब्यक्तिगत सहयोग दाताको संयुत्त लगानीमा सुरु गरिएको परम्परागत काष्ठ सामाग्रीको संग्रह गरिएको काष्ठ संग्राहलयको लुम्बिनी प्रदेश सभा सदस्य अमर बहादुर डाँगी, अर्जुन कुमार श्रेष्ठ र ईन्द्रजित चौधरी, राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदि, गढवा गाउँपालिका अध्यक्ष सहजराम यादवले  संयुत्त रुपमा उद्घाटन गर्नुभएको हो । 










पर्या पर्यटकीय स्थलको रुपमा विकास गर्ने उदेश्यका साथ समुहले हरितपार्कको विकास गरिरहेको बेला काष्ठ जन्य सामाग्रीको संरक्षण तथा पुस्तान्तरणका लागि काष्ठ संग्राहलयको स्थापना गरिएको र आगामी दिनमा धेरै भन्दा धेरै पुरानो चलनमा प्रयोग हुदै आएका काठका सामाग्री संग्राहलयमा राखीने समुहका अध्यक्ष नवराज शर्माले उद्घाटन कार्यक्रममा जानकारी गराउनु भएको छ । 

कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश सभा सदस्य अमर बहादुर डाँगी, अर्जुन कुमार श्रेष्ठ र ईन्द्रजित चौधरी, राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदि, गढवा गाउँपालिका अध्यक्ष सहजराम यादवले कुलपानी समुहले सुरु गरेको हरित पार्क, धार्मीक पर्यटकीय स्थल, सिमसार संरक्षण, ताल तलैया तथा काठका सामाग्री संग्राहलयको विकास र संरक्षणका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको छ । 











कार्यक्रममा काष्ठ संग्राहलयको ब्यवस्थापनका लागि समुहलाई तिन लाख रुपैया समेत केन्द्रिय बन महासंघ, बन महासंघ दाङ र हरियो बन कार्यक्रमको तर्फवाट समुहका अध्यक्षलाई हस्तान्तरण गरिएको छ । सो रकम संग्राहलयको स्थापना, संचालन, संरक्षण तथा भौतिक निर्माणमा प्रयोग गरिने बताईएको छ । 


कार्यक्रममा पुर्व प्रतिनिधि सभा सदस्य रेश्मीराज नेपाली, केन्द्रिय बन महासंघका सचिव ठाकुर भण्डारी, बन महासंघ दाङका अध्यक्ष भुपेन्द्र सुवेदि, लुम्बिनी प्रदेश बन महासंघ सदस्य लाल बहादुर भण्डारी, राप्ती बन महासंघका अध्यक्ष हरि भुसाल, हरियो वन टिम लिडर सीता अर्याल, मान बहादुर विके, सुनिल कुमार चौधरी, कालाकाटे बन डिभिजनका रेन्जर दिनेश डाँगी, ईन्जिनियर विनय कुमार यादव, जनशक्ति बन समुहका चित्र बहादुर महतरा, स्थानिय वन महासंघका हरि प्रसाद सुवेदि, भागीराम डाँगी, राम बहादुर नेपाली, पत्रकार  खेमराज रिजाल, तिर्थराज ज्ञवाली, कुलपानी बन समुहका भरत अधिकारी लगायतले समुहको प्रगतिको लागि शुभकामना दिनु भएको थियो ।   

कुलपानी बन समुहले आफ्नो धार्मीक स्थल, पार्क, क्षेत्रमा बाल उद्यान, पीकनकि स्थल, डुङ्गा सयर, बन सफारी, तलाउमा फिसीङ्ग, फलफुल बगैचा, काष्ठ उद्योग सञ्चालनमा ल्याएको छ । 





तिर्थराज ज्ञवाली

मंसीर २७, बडहरा(देउखुरी दाङ)



No comments:

Post a Comment

नेपाली काग्रेसको आगामी १४ औ महाधिवेशन राप्ती गाउँपालिकाको सभापतिमा चर्चा सुरु

नेपाली काग्रेसको आगामी १४ औ महाधिवेशन राप्ती गाउँपालिकाको सभापतिमा चर्चा सुरु नेपाली काग्रेसको आगामी १४ औ महाधिवेशन नजिकीदै गर्दा दाङ जिल्ला...