Thursday, July 22, 2021

नेपाली काग्रेसको आगामी १४ औ महाधिवेशन राप्ती गाउँपालिकाको सभापतिमा चर्चा सुरु

नेपाली काग्रेसको आगामी १४ औ महाधिवेशन

राप्ती गाउँपालिकाको सभापतिमा चर्चा सुरु


नेपाली काग्रेसको आगामी १४ औ महाधिवेशन नजिकीदै गर्दा दाङ जिल्लाको राप्ती गाउँपालिकामा चुनावी चहलपहल सुरु भएको छ । 

कांग्रेसले केन्द्रीय महाधिवेशन गर्नुभन्दा पहिले गाउँ, क्षेत्र हुँदै जिल्ला र प्रदेशको अधिवेशन सक्नुपर्ने अवस्थामा स्थानिय स्तरमा सभापति को हुने भन्ने चासो बढ्दै गएको पाईएको हो । 

यसै क्रममा राप्ती गाउँपालिका क्षेत्रमा ९ वटा वडा सहित पालिका स्तरको जिम्मेवारीमा आउन स्थानिय नेता कार्यकर्ताहरुले चहल पहल सुरु गरेको पाईएको छ । क्षेत्र जिल्ला, प्रदेश हुदै महाधिवेशनमा सहभागी हुनका लागि नेता कार्यकर्ताले भेटघाट तथा समन्वय जारी राखेका छन् । 

आगामी भदौ महिना भित्र नेपाली कांग्रेसको महाधिवेशन गरिसक्नुपर्ने छ । तर पछिल्लो समय सरकारमा नेपाली कांग्रेस गएपछि केहि समय पछि अधिबेशन जान सक्ने समेत तर्क चलिरहेको छ । यसै विच वडा तथा पालिकाको निर्वाचन केहि समय सर्न सक्ने आकलन गरिएको देखीन्छ । तर आधिकारीक रुपमा नेपाली कांग्रेस केन्द्रीय कार्यालयले महाधिवेशन बारे अझै केहि नयाँ सूचना निकालेको छैन । 

राप्ती गाउँपालिकामा नेपाली कांग्रेसको आगामी अधिबेशनमा सभापतिको रुपमा विद्याशरण चौधरीले उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । त्यस्तै नेपाली काग्रेस राप्तीका सचिव हस्त बहादुर गुरुङ, र १३ औ महाधिबेशन प्रतिनिधि टंक नाथ चौधरीको समेत सभापतिको उम्मेद्धारको रुपमा चर्चा चलेको छ । 

वडा नं ७ का वडा अध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता समेत रहेका विद्याशरण चौधरीले राष्ट्रियता, लोकतन्त्र र समाजवादका लागि सात दशकदेखि निरन्तर समर्पित नेपाली कांग्रेस प्रति नागरिकमा रहेको मायालाई आत्मसाथ गर्दै राप्तीमा काग्रेशको जगलाई थप बलीयो बनाउने उदेश्य र नेता कार्यकर्ताको चाहनाका कारण आफ्नो उम्मेद्धारी सभापतिमा हुने बताएका छन् । 

अर्का आकांक्षि नेपाली काग्रेस राप्तीका सचिव तथा भालुवाङ खानेपानी तथा सरसफाई उपभोक्ता समुहका अध्यक्ष समेत हरेका हस्त बहादुर गुरुङले युवाको प्रतिनिधित्व, विगतको अनुभवका आधारमा नेपाली काग्रेस राप्ती लाई आफुले राम्रो तवरले लैजान सक्ने भएकोले राप्ती काग्रेशको नेतृत्व लिन आफ्नो उम्मेद्धारी सभापतिमा रहने बताएका छन् । 

उता केहि नेता कार्यकर्ता भने नेपाली काग्रेसका शहिद श्रीनारायण चौधरीका जेठा छोरा टंक नाथ चौधरीलाई नेपाली काग्रेस राप्तीको सभापति दिनु पर्नेमा जोड दिदै आएका छन् । प्रगन्ना कुलो मुल उपभोक्ता समतिका तथा शान्ती सामुदायिक वन समुहका अध्यक्ष रहेका टंक नाथ चौधरीलाई स्वर्गीय श्रीनारायण चौधरीले गरेको त्यागको सम्मानमा सर्ब सम्मत सभापति बनाउनु पर्ने उनीहरुको मान्यता रहेको छ ।  

यसै विच गत सोमवार बड्का सिसहनिया पार्टी कार्यालयमा भएको नेपाली काग्रेसको एक भेलामा वडा न. ५, ६, ७ र ८ का वडा सभापति लगायत अन्य नेता कार्यकर्ताहरुले विद्याशरण चौधरीलाई सर्ब सम्मत रुपमा सभापति दिनुपर्ने साझा बुझाई गरेका छन् । अधिबेशनको रसगर्मी चलीरहेको अवस्थामा क्षेत्र, जिल्ला, प्रदेश तथा महाधिबेशन प्रतिनिधिका आकाक्षिहरुको नेपाली काग्रेसको १४ औ अधिबेशनलाई लक्षित गरि राप्ती गाउँपालिकामा नेता कार्यकर्ता भेटघाट तिब्र हुदै आएको पाईएको छ  

राप्ती गाँउपालिकामा नेपाली काग्रेसका पुराना ३ सय ७१ र नयाँ ४ सय २० गरि ७ सय ९१ क्रियाशिल सदस्य रहेका छन् ।  राप्ती गाउँपालिकामा काग्रेसको वडा नं १ मा नयाँ-पुराना गरि १ सय २० क्रियाशिल सदस्य, वडा नं २ मा  १ सय २४ क्रियाशिल सदस्य, वडा नं ३ मा  ९५ जना क्रियाशिल सदस्य, वडा नं ४ मा १ सय १२ जना क्रियाशिल सदस्य,  वडा नं ५ मा ६१ जना क्रियाशिल सदस्य, वडा नं ६ मा ९७ जना क्रियाशिल सदस्य, वडा नं ८ मा ६६ जना क्रियाशिल सदस्य र वडा नं ९ मा ३८ जना क्रियाशिल सदस्य रहेका छन् ।



Tuesday, July 6, 2021

वडा नं १ कार्यालयको नयाँ भवनबाट सेवा सुरु

 वडा नं १ कार्यालयको नयाँ भवनबाट सेवा सुरु

राप्ती गाउँपालिका वडा नं १ कार्यालयको नयाँ प्रशासनिक भवनबाट सेवा सुरु गरिएको छ । वडाले भालुवाङ स्थीत ८ कोठे भवन वाट सेवा दिन सुरु गरिएको हो  ।

राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीले नयाँ भवनको एक कार्यक्रम विच उद्घाटन गरेसंगै सेवा सुरु गरिएको छ । 


बुधवार एक कार्यक्रमका विच स्थानिय नागरिक, जनप्रतिनिधि,राजनैतिक पार्टी प्रतिनिधि, समाजसेवी, कर्मचारी, पत्रकारहरुको सहभागीतामा अध्यक्ष सुवेदीले नयाँ प्रशासनिक भवनको उद्घाटन गर्नु भएको हो ।

वडा कार्यालय उद्घाटन गर्दै अध्यक्ष सुवेदिले नागरिकले सहज र सरल तवरले सेवा पाउनका लागि कार्यालय स्थापना गरिएको र नागरिकलाई यस भवन निर्माण संगै विकासको प्रत्याभुति समेत हुने बताउनु भएको छ ।

वडा नं १ का अध्यक्ष तारावहादुर डिसीको अध्यक्षतामा भएको भवन उद्घाटन कार्यक्रममा अध्यक्ष डिसीले सेवा ग्राहिलाई न्युनतम कागजपत्र फोटोकपी लगायतका सेवा निशुल्क गरिदिने ब्यवस्था मिलाउने बताउनु भएको छ । 

वडा नं १ को वडा भवन उद्घाटनमा बोल्दै उपाध्यक्ष जगदम्वा कुमारी चौधरीले स्थानिय वडा बासीको मेहनत, साथ एवं सहभागीतामा भवन बन्नाले नागरिक विकासका लागि सदैव सहयोगी र ईच्छावान रहेको देखीनेहुदा संरचनाहरु सुरक्षित तथा गुणस्तरिय बन्ने बताउनु भएको छ । 

गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत शोभाराम रिजालले स्थानिय सरकारले गरेका हरेक कार्य तथा प्रगतिमा नागरिकहरुले सकारात्मक र नकारात्मक प्रतिक्रिया दिने गरेको पाईएकोले केहि ब्यक्तिको नकारात्मक विचार तर्फ नलाग्दै राम्रो काम गर्न सम्पुणर् लाग्नु पर्ने बताउनु भएको छ । 

उज्जल निर्माण सेवा घोराहिले ७९लाख ४८ हजार २ रुपैयामा ठेक्का सकार गरि निर्माण गरेको उद्घाटित भवन समयमै निर्माण सम्पन्न गरेकोमा निर्माण सेवालाई धन्यवाद समेत प्रदान गरिएको छ ।

कार्यक्रममा स्थानिय सरकारले गरेका कार्यप्रति शुभकामना, प्रतिक्रिया, सल्लाह सुझाव दिदै नर बहादुर केसी, महेन्द्र केसी, लालमहोम्मद मिया, हस्त गुरुङ, महेश रिजाल, अली मोहम्मद, लागयतले स्थानिय सरकारको पछिल्लो कार्य प्रति विचार ब्यक्त गर्नु भएको थियो ।   

भवनको उद्घाटन कार्यक्रममा भवन निर्माण कार्यको समिक्षात्मक प्रगति विवरण प्रविधिक प्रदिप बैदिकले जानकारी दिनु भएको थियो भने सहजिकरण वडा सचिव राजेन्द्र पौडेलले गर्नु भएको थियो ।

५० प्रतिशत अनुदानमा कृषि यन्त्र वितरण

 ५० प्रतिशत अनुदानमा कृषि यन्त्र वितरण

राप्ती गाउँपालिका कृषि शाखाले कृषकहरुलाई ५० प्रतिशत अनुदानमा कृषि यन्त्र वितरण गरेको छ । 

लुम्विनी प्रदेश सरकार र राप्ती गाउँपालिकाको समन्वयमा १ सय २० वटा कृषि यन्त्र वितरण गरिएको हो ।

कृषि क्षेत्रलाई व्यावसायीकरण, आधुनिकीकरण र यान्त्रीकरणमा जोड दिने सरकारको नीति अनुरुप बजेटमा कृषि क्षेत्रका लागि अधिकाँश अनुदानमा आधारित कार्यक्रम अगाडि सारिएका छन् ।



भुमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको २०७७/०७८ मा लुम्विनी प्रदेश सरकारवाट स्वीकृत कार्यक्रम अन्तरगत स्थानिय तह मार्फत संचालन हुने कोभिड विषेश अनुदान कार्यक्रमद्धारा कृषि औजार तथा साना आधुनिक कृषि यन्त्र कृषकलाई वितरण गरिएको राप्ती गाउँपालिका कृषि शाखा अधिकृत अनील अधिकारीले जानकारी दिनु भएको छ । 

गत जेष्ठ १२ गते सुचना प्रकाशन गरी माग संकलन गरे अनुसार छनौटमा परेका समुह तथा कागजात प्रक्रिया पुराएर आएका ४४ कृषक तथा कृषकसमुहलाई आवस्यक १ सय २० औजार वितरण सुरु गरिएको हो ।

राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदि, उपाध्यक्ष जगदम्वा कुमारी चौधरी, कृषि शाखा प्रमुख महेश अधिकारी, प्रशासन शाखा अधिकृत विकास ज्ञवाली लगायतको सहभागीतामा कृषकलाई अनुदानमा उपलब्ध कृषि यन्त्र वितरण गरिएको हो ।

भालुवाङ बजारमा मास्क बैक सुरु

 भालुवाङ बजारमा मास्क बैक सुरु

माहुरी होमले भालुवाङ बजारमा मास्क बैक सुरु गरेको छ । कोरोना भाईरसको संक्रमण रहिरहेको अवस्थामा नागरिकको लापर्वाह लाई मध्यनजर गर्दै प्रहरी पोष्टको संरक्षणमा रहनेगरि मास्क बैक स्थापना गरिएको हो । 











मास्क नभएकाले लैजानुस र दिन सक्नेले दिनुस लेखीएको ब्यानरबाट राप्ती गाउँपालिका वडा नं १ का कार्यबाहक अध्यक्ष पुणर् जंग रेश्मीले उद्घाटन गरि मास्क बैकसुरु गर्नु भएको छ । 

यु के एड को सहयोग मा भि एस ओ र इन्टरनेशनल एलर्टको संयुक्त साझेदारीमा माहुरी होम द्वारा संचालीत सहज परियोजना अन्तर्गत माहुरी होम कपीलबस्तुले आफ्नो कार्यक्षेत्रमा मास्क बैक स्थापना गर्दै आएको छ । 

प्रहरी कार्यालय भालुवाङका प्रहरी हवल्दार दान बहादुर महतरालाई माहुरी होम कपलिबस्तुको तर्फवाट प्रतनिधित्वि गर्दै सामाजकि परचिालक पुष्पा बन्जाडेले १ हजार थान मास्क हस्तान्तरण गर्नु भएको छ ।

सो मास्क बैकमा वडा नं १ का मेलमिलाप कर्ता तथा निगरानी समुहकी गौमाया केसी, उद्योग बाणिज्य संघका भरतमणी न्यौपाने, ब्यापारी तपराज आचार्य लगायतले मास्क बैकमा मास्क प्रदान गर्नु भएको थियो ।

Sunday, July 4, 2021

अभिमुखीकरण कार्यक्रम छोटकी सिसहनियामा

 बहु क्षेत्रिय पोषण कार्यक्रम अन्तरगत लैगिंक हिंसा न्युनिकरणका लागि अभिमुखीकरण कार्यक्रम छोटकी सिसहनियामा सम्पन्न गरिएको छ । 


सुनौलो हजार दिनमा रहनुभएका गर्भवती तथा सुत्केरीहरु लक्षित कार्यक्रममा हुनसक्ने हिंसा बाट बचाउनका लागि अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको फोकल पर्सन  सुबाश भट्टराईले जानकारी दिनु भएको छ । 

वडा नं ७ का वडा अध्यक्ष विद्याशरण चौधरीको अध्यक्षता र उपाध्यक्ष जगदम्वा कुमारी चौधरीको प्रमुख आथित्यतामा भएको कार्यक्रममा वडा नं ७ का ३० गर्भवति तथा सुत्केरीहरुलाई  अभिमुखीकरण गरिएको हो । 

राममोति चौधरी, अनील अधिकारी लगायतले प्रशिक्षण दिनु भएको कार्यक्रममा गर्भावस्थाको ९ महीना  अर्थात् २ सय ७० दिन र बच्चा जन्मेको २ वर्ष अर्थात् ७ सय ३० दीनको अवधीलाई सुनौलो हजार दीने आमा र बच्चाको गोल्डेन डेका बारेमा समेत जानकारी गरिएको छ । 

अभिमुखीकरमा गर्भवति र सुत्केरीमा हिंसाको नकरात्मक प्रभाबका बारेमा समेत जानकारी गरिएको छ ।  बच्चाको ८० प्रतिशत दिमाग को बिकास यहि सुनौला १००० दिन भित्र भईसक्छ । यस अवधिमा गर्भवती महिला, सुत्केरी आमा र २ बर्ष मूनीका बच्चाको पोषिलो खाना, सरसफाई र राम्रो स्याहार तथा हेरबिचार गर्नाले पछि गएर बच्चाको काम गर्न सक्ने तथा सिक्ने क्षमतामा राम्रो प्रभाव पर्दछ ।

समयमै गरिएको सावधानीले बालबालिकालाई पट्क-पट्क बिरामी हुनबाट रोकी बलियो र फूर्तिलो बनाउँदछ । यस समयमा शारिरीक र मानसिक वृद्धिमा परेको क्षति जिवन पर्यान्त असर पुर्‍याउने र सुधार गर्न नसकिने खालको हुन्छ । कुपोषण पुड्कोपन सहित का असरहरुलाई २ वर्षको उमेर पश्चात सुधार्न असम्भव हुन्छन् भन्ने  जानकारी समेत प्रदान गरिएको छ । 

सुजौलो हजार दिनमा गर्भवती भएको वेला हरेक दिन सधैं खाईरहेको भन्दा एक पटक थप खाना खानुपर्छ जसले गर्दा बच्चा स्वस्थ, बलियो र प्रसुतिको अवस्थामा आमा र बच्चालाई सजिलो बनाउन सहयोग पुग्छ ।

गर्भवतीले आफू र आफ्नो पेटको बच्चाको लागि हरेका दिन स्थानिय स्तरमा पाईने पोषिलो ४ वटै समूहका जस्तै अन्न, गेडागुडी, हरिया सागपात, पहेंला जातका फलफूल तथा माछामासु, अण्डा खाना खानुपर्छ । गर्भवतीले नजिकको स्वास्थ्य संस्था गएर कम्तिमा ४ पटक गर्भवती जाँच ४, ६, ८ र ९ महिनामा गराउर्नैपर्छ । गर्भवती भएको ३ महिना पूरा भएपछि एक चक्की जुकाको औषधी खानु पर्छ र हरेक दिन एक चक्कि आईरन खान शुरु गर्नुपर्छ । भविष्यमा बच्चाको शारिरीक र मानसिक विकासको लािग सुनौला १००० दिनको परिवारले आमा र बच्चा दुबैलाई पोषिलो खाना, सरसफाई तथा विशेष स्याहार गर्नु पर्छ लगायतको प्रशिक्षण प्रदान गरिएको छ ।

Monday, May 31, 2021

नेपाली काग्रेश राप्ती द्धारा कोरोना अस्पतालका लागि ९१ हजार रुपैया रकम सहयोग

नेपाली काग्रेश राप्ती द्धारा कोरोना अस्पतालका लागि ९१ हजार रुपैया रकम सहयोग

तिर्थराज ज्ञवाली 

जेष्ठ १७, मसुरीया, देउखुरी दाङ

कोरोना संक्रमण बढिरहको अवस्थामा नागरिकको स्वास्थ्य रक्षा होस र संक्रमितहरुको स्वास्थ्य सुरक्षाको लागि अक्सीजन पुराउन सहज होस भनी नेपाली काग्रेश राप्ती गाउँपालिका ईकाइको पहलमा राप्ती गाउँपालिका स्थीत अस्थाई कोरोना अस्पतालका लागि ९१ हजार रुपैया रकम सहयोग गरिएको छ  ।








सोमवार एक अनौपचारीक कार्यक्रमको आयोजनामा राप्ती गाउँपालिका सभापति लगायत नेता कार्यकर्ताहरुबाट संकलित रकम ९१ हजार रुपैया राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदिलाई हस्तान्तरण गरिएको हो ।  

राप्ती गाउँपालिकाको सिसहनिया स्थीत अस्थाई कोरोना अस्पतालमा अपचारारत कोरोना संक्रमितको थप उपचारमा सहयोग पुराउन केहि हद सम्म सहयोगका लागि स्थानिय नेता कार्यकर्ताबाट रकम संकलन गरिएको र गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदि, स्वास्थ्य शाखा संयोजक नारायण राउतको माध्यमबाट विरामी सम्म सहयोग पुराउने पहल गरिएको रकम हस्तान्तरण गर्दै नेपाली काग्रेश राप्ती गाउँपालिका ईकाइ सभापति दुर्योधन पाण्डेले बताउनु भएको छ । 

सहयोग रकम बुझेदै राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदिले यस अवस्थामा सबैले आआफ्नो स्थान र हैसीयत अनुसार काम गरेर कोभिड १९ लाई परास्त गर्नु पर्ने भएकोले कोरोना संक्रमितको उपचारको लागि नेपाली काग्रेश राप्ती ईकाईका नेता तथा कार्यकर्ता बाट अक्सीजन खरिदका लागि पालिकालाई रकम ९१ हजार रुपैया सहयोग गरेकोमा धन्यवाद दिनु भएको छ । अध्यक्ष सुवेदिले कोरोना कहर अझैपनि भयावह अवस्थामा रहेकोले सबै नागरिक अति आवस्यक काम भन्दा बाहेक घर बाहिर ननिस्कन समेत आग्रह गर्नु भएको छ । 

विगतको वर्ष पार्टिको तर्फवाट कोरोना संक्रमण रोकथाममा समेत सहयोग गरेको सम्झना गर्दै आगामी दिनमा पनि थप सहयोगका लागि नेपाली काग्रेश लागि पर्ने जिल्ला सदस्य हरी भुसालले जानकारी दिनु भएको छ ।

यस्तो अवस्थामा धेरै नागरिक अस्वस्थ रहेको कारण सबैलाई घरमै बस्न र लगडाउनको पालना गर्दै सुरक्षित रहन दाङ जिल्ला क्षेत्र न. १ क सभापति तारा बहादुर डिसीले सबैमा अनुरोध समेत गर्नु भएको छ । 

नेपाली काग्रेश राप्ती गाउँपालिकाले रेडियो टेलिभिजन मार्फत कोरोना बाट सुरक्षित रहनका लागि जनचेतनात्मक सन्देश प्रशारण समेत गर्ने निर्णय गरेको पुर्व महाधिबेशन प्रतिनिधि दोर्ण भुसालले बताउनु भएको छ । 

नेपाी काग्रेशको यो अक्सीजन खरिद तथा जनचेतना मुलक सन्देश प्रवाह गर्ने कार्यका लागि तपशिल बमोजिमका नेता कार्यकर्ता तथा सहयोगिहरुबाट रकम प्राप्त भएको नेपाली काग्रेश राप्ती गाउँपालीकाले जानकारी दिएको छ । 

सहयोग रकम विद्याशरण चौधरी १०००, गोवर्धन रावत १५००, बेद प्रसाद चौधरी १०००,शुशिला चौधरी १०००, संजिव परियार १०००, भिमलाल चौधरी १०००, यशोदा चौधरी १०००, शान्ती देवि चौधरी ६००, नित्यानन्द शर्मा ५००,शारदा नेपाली ५००,शिवा भट्टराई ५००,भानु चौधरी ५००, गणेश कुमार चौधरी ५००, ईश्वरी प्रसाद अधिकारी १००५, तिर्थराज ज्ञवाली ५००, विलोचन चौधरी ५००, खोपेन्द्र ज्ञवाली ५००, जगदम्वा कुमारी चौधरी ५००, कृष्ण कुमार चौधरी ५००,पुरन चौधरी ५००, तारा कुमारी चौधरी ५००,ईन्द्रादेवि नेपाली ५००, गणेश कुमार चौधरी जगपुर १०००, बसन्त भुसाल ६००, भेषराज भुसाल ६००, नारायण भुसाल ६००,खिमानन्द भुसाल ६००,चन्द्र मणी भुसाल ६००, सन्तोष भुसाल ६००, बुद्धिराम चौधरी ६००, आत्माराम पोख्रेल ६००,अनील पौडेल ६००, हेमराज पौडेल ६००, रामु मल्ल १०००, प्रकाश केसी १०००, शरद गिरी ५००, दुर्गा भण्डारी १०००,बालाराम कुमाल ५००, चित्रम चौधरी १०५०, जिवराज वली ५००, तिलक वली ५००, भिम वली ५००, एकराज घर्ति ५००, पोमलाल गीरी ५००, गणेश जिसी १०००, विष्णु बहादुर जिसी ५००, प्रकाश चौधरी १५५५, गोपाल मिया १००, बसन्त अधिकारी ५००, देव बहादुर राना ५००५, दोर्ण भुसाद ३५५५, झविन्द्र भण्डारी १५००,केशर बहादुर रोका १००५, विनोद भुसाल १०००,आशिस पौडेल १२००, डम्वर भुसाल १०००, पप्पु अग्रहरी १०००,श्रीकृष्ण शर्मा १०००, राधाकृष्ण शर्मा १०००, धन बहादुर भट्टराई १०००, महेश कुमार अधिकारी १०००, दुर्योधन पाण्डे ६००,लिला भट्टराई ६००, पदम बहादुर गिरी ६००,टेक बहादुर कुमाल ६००,मेघराज आचार्य ६००,गिरीराज भुसाल प्रसान्त ६००, हरि भुसाल ५००,हेम कुमार खड्का ५००,युवराज भुसाल १२००,शिव प्रसाद भुसाल १२००, सुधिर भुसाल १२००,युवराज न्यौपाने १२००,जगत नाथ न्यौपाने १२००,प्रकाश कुन्ज शर्मा १२००, शंकर भुसाल ६००, कर्ण ब. पौडेल १०००, प्रकाश न्यौपाने १०००, मोहन श्रेष्ठ १०००, चन्द्र बहादुर सुनार १०००, नारायण न्यौपाने १०००, डुल प्रसाद श्रेष्ठ १०००, कृष्ण खनाल १०००, महेन्द्र खनाल १०००, विनोद पाण्डे १०००, दोर्ण आचार्य १०००,रुद्र बहादुर झाक्रि ५५०,हिरा बहादुर झाक्रि ५००, तारा बहादुर डिसी १०००, खिम विक्रा शाह ५००,वासुदेव पुन ५०५, बहादुर कर्ण केसी १०००, जित बहादुर पुन १०००, पदम बहादुर पुन १०००, महेन्द्र केसी १०००, लालमोहमद मिया १०००, गोरखनाथ कसौधन ५००, नुमानन्द सुवेदि १०००, कृष्णराज पौडेल ५००,हस्त बहादुर गुरुङ १०००, स्यामलाल पोख्रेल ५००, विक्रान्त ज्ञवालप् १०००, चन्द्र मणी ज्ञवाली ५००,रमेश कडेल १०००, तेज बहादुर गुरुङ ५०० बाट उठेको । 


Tuesday, April 20, 2021

२०४८ साल देखी २०५४ सम्म निर्वाचित जनप्रतिनिधिको विवरण

    नेपाली काग्रेश पार्टि बाट राप्ती गाउँपालिका वडा नं ७ साविक सिसहनियाँ गाउँ विकास समिति वडा नं १, २ र ३ बाट २०४८ साल देखी २०५४ सम्म  निर्वाचित जनप्रतिनिधिको विवरण

क्र.स जनप्रतिनिधिको नाम पद ठेगाना ठेगाना कार्य अवधि कै.

शिव नारायण चौधरी गाविस उपाध्यक्ष सिसहनिया गाविस  वडा नं १ वड्का सिसहनियाँ २०४८ देखी २०५३

भक्त प्रसाद चौधरी वडा अध्यक्ष सिसहनिया गाविस  वडा नं १वड्का सिसहनियाँ २०४८ देखी २०५३

भिमलाल चौधरी वडा अध्यक्ष सिसहनिया गाविस  वडा नं  २ अर्नाहनपुर २०४८ देखी २०५३


१ नित्यानन्द शर्मा वडा अध्यक्ष तथा  जि.वि.स सदस्य सिसहनिया गाविस वडा नं  ३भानपुर २०५४ देखी २०५८

भिमलाल चौधरीवडा अध्यक्ष सिसहनिया गाविस  वडा नं  २ अर्नाहनपुर २०५४ देखी २०५८

ज्वाला प्रसाद चौधरी वडा सदस्यसिसहनिया गाविस  वडा नं  २छोट्की सिसहनियाँ२०५४ देखी २०५८

आशाराम चौधरीवडा सदस्यसिसहनिया गाविस  वडा नं  २ छोट्की सिसहनियाँ २०५४ देखी २०५८

आशाराम चौधरीवडा सदस्य सिसहनिया गाविस  वडा नं  २ जगपुर २०५४ देखी २०५८

राज कुमारी चौधरीमहिला  सदस्यसिसहनिया गाविस  वडा नं  २छोट्की सिसहनियाँ२०५४ देखी २०५८

राम बहादुर चौधरी वडा सदस्य सिसहनिया गाविस  वडा नं  ३ भानपुर २०५४ देखी २०५८

पुरन चौधरी वडा सदस्य सिसहनिया गाविस  वडा नं  ३ भानपुर २०५४ देखी २०५८

अनन्त बहादुर जिसी वडा सदस्य सिसहनिया गाविस  वडा नं  ३ भानपुर २०५४ देखी २०५८

१० विपनी चौधरी महिला  सदस्य सिसहनिया गाविस  वडा नं  ३ भानपुर २०५४ देखी २०५८

     

     संघिय लोकतन्त्रिक गणतन्त्रको आगमन पश्चात राप्ती गाउँपालिका वडा नं ७ मा नेपाली काग्रेशको तर्फवाट निर्वाचित जनप्रतिनिधि


विद्याशरण चौधरी वडाअध्यक्ष राप्ती गाउँपालिका वडा नं ७वड्का सिसहनियाँ २०७४ असार २४ देखी

भिमलाल चौधरी वडा सदस्य राप्ती गाउँपालिका वडा नं ७ अर्नाहनपुर२०७४ असार २४ देखी

नित्यानन्द शर्मा वडा सदस्य राप्ती गाउँपालिका वडा नं ७ भानपुर २०७४ असार २४ देखी

शान्ति देवि चौधरी महिला  सदस्य राप्ती गाउँपालिका वडा नं ७छोट्की सिसहनियाँ२०७४ असार २४ देखी

सरस्वति दमाई दलित महिला सदस्य राप्ती गाउँपालिका वडा नं ७वड्का सिसहनियाँ२०७४ असार २४ देखी


                  २०४८ सालदेखी हाल २०७७ साल सम्म नेपाली काग्रेशका वडा ईकाई सभापतिहरुको विवरण 


शिउ कुमार चौधरी सभापति सिसहनिया गाविस वडा नं १वड्का सिसहनियाँ२०६२ देखी २०६९ सम्म

छेदियाँ चौधरी सभापति सिसहनिया गाविस वडा नं १वड्का सिसहनियाँ २०७० देखी २०७६ सम्म

राम दयाल चौधरी सभापति सिसहनिया गाविस वडा नं २अर्नाहनपुर २०६२ देखी २०६९ सम्म

कपिल देव चौधरी सभापति सिसहनिया गाविस वडा नं २अर्नाहनपुर २०७० देखी २०७६ सम्म

राम बहादुर चौधरी सभापति सिसहनिया गाविस वडा नं ३भानपुर २०७० देखी २०७६ सम्म

राम बहादुर चौधरी सभापति राप्ती गाउँपालिका वडा नं ७भानपुर २०७७ देखी










                        

नेपाली काग्रेसको आगामी १४ औ महाधिवेशन राप्ती गाउँपालिकाको सभापतिमा चर्चा सुरु

नेपाली काग्रेसको आगामी १४ औ महाधिवेशन राप्ती गाउँपालिकाको सभापतिमा चर्चा सुरु नेपाली काग्रेसको आगामी १४ औ महाधिवेशन नजिकीदै गर्दा दाङ जिल्ला...