Sunday, July 4, 2021

अभिमुखीकरण कार्यक्रम छोटकी सिसहनियामा

 बहु क्षेत्रिय पोषण कार्यक्रम अन्तरगत लैगिंक हिंसा न्युनिकरणका लागि अभिमुखीकरण कार्यक्रम छोटकी सिसहनियामा सम्पन्न गरिएको छ । 


सुनौलो हजार दिनमा रहनुभएका गर्भवती तथा सुत्केरीहरु लक्षित कार्यक्रममा हुनसक्ने हिंसा बाट बचाउनका लागि अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको फोकल पर्सन  सुबाश भट्टराईले जानकारी दिनु भएको छ । 

वडा नं ७ का वडा अध्यक्ष विद्याशरण चौधरीको अध्यक्षता र उपाध्यक्ष जगदम्वा कुमारी चौधरीको प्रमुख आथित्यतामा भएको कार्यक्रममा वडा नं ७ का ३० गर्भवति तथा सुत्केरीहरुलाई  अभिमुखीकरण गरिएको हो । 

राममोति चौधरी, अनील अधिकारी लगायतले प्रशिक्षण दिनु भएको कार्यक्रममा गर्भावस्थाको ९ महीना  अर्थात् २ सय ७० दिन र बच्चा जन्मेको २ वर्ष अर्थात् ७ सय ३० दीनको अवधीलाई सुनौलो हजार दीने आमा र बच्चाको गोल्डेन डेका बारेमा समेत जानकारी गरिएको छ । 

अभिमुखीकरमा गर्भवति र सुत्केरीमा हिंसाको नकरात्मक प्रभाबका बारेमा समेत जानकारी गरिएको छ ।  बच्चाको ८० प्रतिशत दिमाग को बिकास यहि सुनौला १००० दिन भित्र भईसक्छ । यस अवधिमा गर्भवती महिला, सुत्केरी आमा र २ बर्ष मूनीका बच्चाको पोषिलो खाना, सरसफाई र राम्रो स्याहार तथा हेरबिचार गर्नाले पछि गएर बच्चाको काम गर्न सक्ने तथा सिक्ने क्षमतामा राम्रो प्रभाव पर्दछ ।

समयमै गरिएको सावधानीले बालबालिकालाई पट्क-पट्क बिरामी हुनबाट रोकी बलियो र फूर्तिलो बनाउँदछ । यस समयमा शारिरीक र मानसिक वृद्धिमा परेको क्षति जिवन पर्यान्त असर पुर्‍याउने र सुधार गर्न नसकिने खालको हुन्छ । कुपोषण पुड्कोपन सहित का असरहरुलाई २ वर्षको उमेर पश्चात सुधार्न असम्भव हुन्छन् भन्ने  जानकारी समेत प्रदान गरिएको छ । 

सुजौलो हजार दिनमा गर्भवती भएको वेला हरेक दिन सधैं खाईरहेको भन्दा एक पटक थप खाना खानुपर्छ जसले गर्दा बच्चा स्वस्थ, बलियो र प्रसुतिको अवस्थामा आमा र बच्चालाई सजिलो बनाउन सहयोग पुग्छ ।

गर्भवतीले आफू र आफ्नो पेटको बच्चाको लागि हरेका दिन स्थानिय स्तरमा पाईने पोषिलो ४ वटै समूहका जस्तै अन्न, गेडागुडी, हरिया सागपात, पहेंला जातका फलफूल तथा माछामासु, अण्डा खाना खानुपर्छ । गर्भवतीले नजिकको स्वास्थ्य संस्था गएर कम्तिमा ४ पटक गर्भवती जाँच ४, ६, ८ र ९ महिनामा गराउर्नैपर्छ । गर्भवती भएको ३ महिना पूरा भएपछि एक चक्की जुकाको औषधी खानु पर्छ र हरेक दिन एक चक्कि आईरन खान शुरु गर्नुपर्छ । भविष्यमा बच्चाको शारिरीक र मानसिक विकासको लािग सुनौला १००० दिनको परिवारले आमा र बच्चा दुबैलाई पोषिलो खाना, सरसफाई तथा विशेष स्याहार गर्नु पर्छ लगायतको प्रशिक्षण प्रदान गरिएको छ ।

No comments:

Post a Comment

नेपाली काग्रेसको आगामी १४ औ महाधिवेशन राप्ती गाउँपालिकाको सभापतिमा चर्चा सुरु

नेपाली काग्रेसको आगामी १४ औ महाधिवेशन राप्ती गाउँपालिकाको सभापतिमा चर्चा सुरु नेपाली काग्रेसको आगामी १४ औ महाधिवेशन नजिकीदै गर्दा दाङ जिल्ला...