Wednesday, January 27, 2021

सरकारद्वारा ‘वैज्ञानिक वन व्यवस्थापन कार्यविधि, २०७१’ खारेज

 

काठमाडौँ– सरकारले ‘वैज्ञानिक वन व्यवस्थापन कार्यविधि, २०७१’ खारेज गरेको छ।

वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेले वैज्ञानिक वनको नाममा अवैध रुपमा रुख कटान हुने अवस्थालाई रोक्न ‘वैज्ञानिक वन व्यवस्थापन कार्यविधि, २०७१’ खारेज गरिएको बताए।









मन्त्री आलेले बुधबार पत्रकार सम्मेलन आयोजना गरी माघ ११ गतेको मन्त्रिपरिषद्को बैठकले वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमलाई खारेज गरेको बताए। मन्त्रिपरिषदबाट पारित भएको निर्णय छिट्टै राजपत्रमा प्रकाशित हुने पनि मन्त्री आलेले बताए।

कार्यविधि खारेज भएपछि दिगो वन व्यवस्थापन अन्तर्गत कतै पनि हरियो वन सखाप नहुने गरी कार्ययोजना बनाएर जाने तयारी मन्त्रालयले गरिरहेको पनि मन्त्री आलेले बताए।

वैज्ञानिक वन कार्यक्रम खारेज भएपछि सरकारद्वारा व्यवस्थित वन, सामुदायिक वन, साझेदारी वनमा कटान भइसकेका काठ दाउरा प्रचलित कानून बमोजिम प्रक्रिया पूरा गरी सदुपयोग, विक्री वितरण तथा ओसार–पसार खुल्ला गर्ने तयारी गरेको पनि बताए।

वैज्ञानिक वन कार्यक्रम खारेज भएपछि काठदाउरा कटान मुछान, विक्री वितरण तथा ओसार पसार सम्बन्धमा प्रदेश वन निर्देशनालयमार्फत अनुगमन गरी प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा प्रतिवेदन बुझाई अनियमितता भएको पाइए संलग्नलाई कानून अनुरुप कारबाही गरिने पनि बताए।

यस्तै निजगढ अन्तराष्ट्रिय विमानस्थल निर्माण गर्ने बजेट सुनिश्चितता नभएसम्म रुख कटान गर्न स्वीकृति नदिने पनि मन्त्री आलेले प्रष्ट पारे।  विमानस्थल निर्माण गर्ने बजेट सुनिश्चित भएपछि मात्रै वन मन्त्रालयले प्रक्रिया अगाडि बढाउने पनि उनले बताए।

मन्त्री आलेले निजगढ विमानस्थल निर्माण गर्दा जुन ठाउँमा एयरपोर्टको रनवे बन्ने हो त्यही ठाउँमा मात्रै रुख कटानको स्वीकृति दिने पनि बताए। उनले विमानस्थलमा १ हजार ९ सय हेक्टरमा मात्रै रनवे बन्ने भएकाले सोही जमिनमा मात्रै रुख कटान गर्न स्वीकृति दिने तयारी भइराखेको पनि स्पष्ट पारे।

मन्त्री आलेले आफूले मन्त्रालय सम्हालेको एक महिनामा मन्त्रालय मातहतका धेरै कार्यक्रमलाई व्यवस्थित गराउन लागेको दावी समेत गरे।

सिंचाई नभएका स्थानमा जडिबुटी खेती गर्न सरकारले नै बिउ विरुवाको उपलब्ध गराउने र उत्पादन भइसकेपछि बजारको व्यवस्थापन गरिदिने योजना बनाएको बताए। यस्तै पशुपति आर्यघाटमा निःशुल्क दाउरा वितरण गर्ने कार्यक्रम ल्याउन लागेको पनि मन्त्री आलेले बताए।

कस्तुरी चरा, हाब्रो लगायतका दश वटा प्रजातिका चराको बासस्थानको पहिचान गरी संरक्षण गर्ने कार्यक्रम घोषणा गर्ने तयारी गरेको पनि उनले बताए।

महानगरपालिका र उपमहानगरपालिका भित्र बगैंचा निर्माण गर्न २ लाख विरुवा वृक्षारोपण गर्ने कार्यक्रम पनि अगाडि सारेको मन्त्री आलेले बताए।

न्यायाधीशको प्रश्न : अदालतले मुद्दा लम्ब्यायो भन्ने छ, कसरी म्यानेज गर्ने ?

 संसद विघटनसम्बन्धी मुद्दामा भइरहेको बहसका क्रममा न्यायाधीशले मुद्दा लम्बिएकामा चिन्ता व्यक्त गरेका छन् ।

बुधबार वरिष्ठ अधिवक्ता शेरबहादुर केसीले बहस गरेपछि न्यायाधीश सपना प्रधान मल्लले मुद्दा लम्बिएको भन्दै चिन्ता जनाएका हुन् । ‘एउटा निवेदनमा डेढ सय वकिलहरु हुनुहुन्छ, बाहिर अदालतले मुद्दा लम्ब्यायो भन्ने छ, समय कसरी म्यानेज गर्नुहुन्छ ?’








रिट निवेदक कृष्णभक्त पोखरेलले वकिलहरुले स्वतन्त्र रुपमा बहस गर्न आएको बताए । ‘हामी लोकतान्त्रिक व्यवस्थामा छौं, स्वतन्त्र रुपमा, स्वतस्फुर्त रुपमा बहस गर्न वकिलसाबहरु आउनुभएको छ, हामीले पारिश्रमिक दिएका पनि छैनौं’ उनले भने ।

यसअघि मंगलबारको बहसमा न्यायाधीश अनिलकुमार सिन्हाले समय धेरै लागेको भन्दै हरेक रिटलाई निश्चित समय तोक्नुपर्ने भयो भनेका थिए ।

Tuesday, January 19, 2021

योजना कस्तो भैरहेको छ

                 योजना कस्तो भैरहेको छ 


राप्ती गाउँपालिका क्षेत्रको यस आर्थिक वर्ष अन्तरगतका विकास योजना समयमै सम्पन्न गर्ने उदेश्यका साथ योजनाको पछिल्लो अवस्था वारे निगरानी सुरु गरिएको छ । 











विकास योजना समयमै सम्पन्न गर्न सम्झौता पश्चात के कति काम हुदै छ र निर्माण समितिले कस्तो काम गदैछ भन्ने वारेमा मंगलवार पनि योजनाहरुको अनुगमन गरिएको हो । 

राप्ती गाउँपालिका योजना अनुगमन समिति संयोजक जगदम्वा कुमारी चौधरीको संयोजकत्वमा गरिएको योजनाको अनुगमनको क्रममा निर्माणाधिन योजनाहरुको अवस्था तथा गुणस्तर चेकजाच समेत गरिउको छ ।  











प्रमुख रुपमा वडा प्राविधिकहरु समेत संलग्न अनुगमनमा वडा गत रुपमा कामहुने बेलामा निगरानीका बारेमा सोत सोधिखोजी गरिएको छ । 

अनुगमनमा निर्माण समितिलाई निर्माणका क्रममा आईपरेका समस्या बारे गाउँपालिका लाई जानकारी दिन र समस्याको समाधान सहित योजना समयमै सम्पन्न गर्न समितिले अनुरोध गरेको हो । 

अनुगमनको क्रममा राप्ती गाउँपालिका वडा नं १, ३, ४, ५ का योजनाहरुको अनुगमन गरिएको हो । 








अनुगमनको क्रममा अनुगमन समिति संयोजक जगदम्वा कुमारी चौधरी, वडा अध्यक्ष विष्णु बहादुर जिसी, गोवर्धन रावत, योजना शाखा प्रमुख विकास ज्ञवाली, प्राविधिक विमला भट्टराई, पदम बैदिक, शेर बहादुर हमाल, शरद पुरी, अनामिका चौधरी, पार्वति केसी लगायतको सहभागिता रहेको थियो ।

तिर्थराज ज्ञवाली

माघ ६, मसुरीया(देउखुरी दाङ)


Monday, January 18, 2021

दोस्रो लामो राप्ती पुलको माघ १२ गते प्रधानमन्त्रि बाट उद्घाटन हुने


लुम्बिनी प्रदेशको स्थायी राजधानीस्थित राप्ती नदीमा बनेको पक्की पुलको उद्घाटन माघ १२ गते हुने भएपछि राप्ती गाउँपालिकाको कार्यालयमा छलफल गरिएको छ  ।











राप्ती गाउँपालिकाको छोट्की सिसहनियाँ र गढवा गाउँपालिकाको महदेवा जोड्ने नेपालकै दोस्रो लामो पक्की पुलको उद्घाटन माघ १२ गते प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम रहेको छलफलमा लुम्बिनी प्रदेशसभा सदस्य रेवतीरमण शर्माले जानकारी दिनु भएको छ । 









झण्डै एक वर्ष अघि निर्माण सम्पन्न भएको पुलको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम तयारीभै रहेको छ । 

राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदिको अध्यक्षता तथा लुम्बिनी प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीको प्रमुख आथित्यतामा भएको बैठकमा मन्त्री लिला गिरीले प्रधानमन्त्री आउने कार्यक्रममा ५० हजार भन्दा बढीको सहभागीता रहने र त्यसको तयारीमा जुट्न सबै पक्षलाई अनुरोध गर्नु भएको छ ।  ‘प्रधानमन्त्रीले चालेको कदमलाई जनताको साथ छ । केपी ओलीलाई सुन्ने चाहना सबैको छ’ उहाँले भन्नुभयो–‘कार्यक्रमलाई व्यवस्थीत गर्न जनपरिचालन जरुरी छ ।’

पुलको उद्घाटन पछि लालमटियाको सार्वजनिक चौरमा प्रधानमन्त्रि वलीले सम्बोधन गर्ने कार्यक्रमको लागि स्थलगत निरिक्षण समेत गरिएको छ ।


पुल पूर्वनिर्धारित समयभन्दा चार महिना अगाडि नै निर्माण सम्पन्न भएको थियो । यो पुलको लम्बाइ ८६० मिटर र चौडाइ साढे १० मिटर छ ।









तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०७३ मंसिर २२ गते पुलको शिलान्यास गर्नु भएको थियो  । करिब एक अर्ब रुपैयाँ लागतको यो पुल चार वर्षभित्र बनाइसक्ने सम्झौता भएको थियो । तोकिएको समयभन्दा चार महिना अगाडि नै पुल निर्माण कार्य पूरा भएको हो ।

उद्घाटन गरिने राप्ती पुल नहुँदा विगतमा सिसहनियाँ–महदेवा वारीपारी गर्न वर्षायाममा उर्लिएको भेलमा जोखिमपूर्ण तरिकाले डुंगा तर्नुपथ्र्यो । अब भने राप्ती नदीमा पुल निर्माण भएसँगै देउखुरीबासीलाई यात्रा गर्न सहज भएको छ ।

पुल निर्माणबाट साविकको गोबरडिहा गाविस र साविकको सिसहनियाँ क्षेत्रका बासिन्दा लाभान्वित भएका छन् । यती मात्र होइन, पछिल्लो समय पुल पर्यटकीय गन्ब्यको रुपमा विकास भएको छ ।

दाङ जिल्ला भित्रबाट मात्रै नभएर बाहिरी जिल्लाबाट पर्यटकहरु यहाँ आउने गरेका छन् । अहिले गढवा गाउँपालिकाअन्तर्गत पर्ने राप्ती पारिको क्षेत्रबाट वारी आउँदा कालाकाटे–भालुवाङ हुँदै करिब डेढ घण्टाको सवारी यात्रा गर्नुपर्ने अवस्था थियो, तर पुल निर्माण भएसँगै १५ मिनेटभित्रै वारपार गर्न सकिने भएको छ ।

गेरुवा पुल बनाएकै कम्पनी एएनके लुम्बिनी वाइपी जेभीले देउखुरीको राप्ती नदीको पुल बनाउने जिम्मा पाएको थियो ।

......

देश सन्चारका पत्रकार दशरथ घिमिरेको सहयोग


तिर्थराज ज्ञवाली

माघ ५, मसुरीया(देउखुरी दाङ)

Monday, January 11, 2021

राप्तीका चार सहकारी एकिकरण नाम देउखुरी बचत तथा ऋण सहकारी

 राप्तीका चार सहकारी एकिकरण नाम देउखुरी बचत तथा ऋण सहकारी


राप्ती गाउँपालिका क्षेत्रमा कार्य गर्दै आएका चार सक्रिय सहकारीहरु एकीकृत भई देउखुरी बचत तथा ऋण सहकारी भएका छन् । 









राप्ती गाउँपालिका तथा अन्य पालिका कार्यक्षेत्र बनाएर काम गर्दै आएका सहकारी लाई राप्ती गाउँपालिकाले सहकार्य गरि एकिकृत हुन आब्हान गरे पश्चात हरियाली, महाप्रभु, विहानी र जनजीविका बचत तथा ऋण सहकारी संस्थाहरु एकिकृत भएको एकिकृत सहकारीका अध्यक्ष शिवध्वज मल्ले जानकारी दिनु भएको छ । 







राप्ती गाउँपालिका भित्रका बचत तथा ऋण सहकारी संस्थाहरुलाई एकिकृत गर्दै एक व्यवसायिक, नीतिगत, प्राविधिक र आर्थिक रुपमा बलियो संस्था निर्माण गर्दै यस देउखुरी क्षेत्रको विकास तथा प्रबद्र्धनको लागि संस्थामा आबद्ध सदस्यहरु मार्फत लगानी विस्तार गर्दै अन्तरराष्ट्रिय स्तरको आत्मनिर्भर, बलियो नमुना सहकारी निर्माण गर्ने उदेश्य अनुसार एकीकरण गरिएको एकिकृत सहकारी देउखुरी बचत तथा ऋण सहकारीका कोषाध्यक्ष हरि प्रसाद भुसालले जानकारी दिनु भएको छ ।

भुमि ब्यवस्था तथा कृषि तथा सहकारी मन्त्रालय मुकाम बुटवलको निर्णय अनुसार सहकारी ऐन, २०७६ को दफा १२ को उपदफा १ बमोजिम देउखुरी बचत तथा ऋण सहकारीको विधिवत रुपमा दर्ता गरिएकोे मन्त्रालयका प्रतिनिधि श्रीधर ज्ञवालीले जानकारी दिनु भएको छ । 

सहकारी ऐन २०७४ को दफा ८७ र नियमावली २०७५ को दफा ३९ साथै लुम्विनी प्रदेशको सहकारी ऐन ०७६ को दफा ७२ र सहकारी नियमावली ०७६ को दफा ३१ ले पनि सहकारीहरु एकिकरण हुन सक्ने व्यवस्था गरे बमोजिम चार सक्रिय सहकारीहरु एकीकृत भएका हुन ।

देउखुरी बचत तथा ऋण सहकारीक १३ सदस्यीय सञ्चालक समिति र ३ सदस्यीय लेखा सुपरिबेक्षण समिति रहने र नेतृत्व शिवध्वज मल्लले साथै लेखा सुपरिबेक्षण समितिको संयोजकमा रुकमाङगत ज्ञवाली रहने बताईएको छ ।

चार सहकारीको आर्थिक वर्ष ०७६।०७७ को असार मसान्त सम्मको विवरणको आधारमा पुरुष २ हजार ५ सय ५० महिला ३ हजार २ सय ५० र संस्थागत सदस्य १९ गरी जम्मा सदस्य संख्या ५ हजार ८ सय १९ र जम्मा पुजी रु ३८ करोड २६ लाख ६९ हजार ९ सय ४ रुपैया लाई चार वटा सेवा केन्द्रहरु मार्फत व्यावस्थापन गरिएको साविक विहानी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष देब प्रसाद चौधरीले बताउनु भएको छ ।








एकिकृत चार बचत तथा ऋण सहकारी संस्थालाई प्रभावकारी रुपमा संचालन गर्नको लागि चरणबद्ध रुपमा कार्यक्रमहरु अगाडी बढाईने भएको छ । पहिलो चरणमा सहकारीका मुल्य मान्यता र सिद्धान्तका विषयमा अवगत गराउने, दोस्रो चरणमा सबै संञ्चालक कर्मचारी र केही सदस्यहरुलाई सहकारी जागरणबाट सशक्तिकरण गरी क्षमता अभिवृद्धि गर्ने, तेस्रो चरणमा साकोस व्यावसायीकरण गर्ने, व्यावसायीकरणमा संस्थाको त्रिवर्षिय योजना वार्षिक कार्य योजना मासिक र त्रैमासिक कार्ययोजना, संस्थाको निति, विधि, र प्रविधिलाई आत्मसाथ गर्ने गराउने र चौथो चरणमा साकोसमा गुणस्तर सुनिस्चिताको मापन विधि, लेखा, पल्र्स अनुगमन प्रणालीमा आर्थिक विश्लेषणमा एकरुपता गरि काम सुरु गरिएको साविक जनजिवीका बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष जीवराज शर्मा बताउनु भएको छ ।

देउखुरी बचत तथा ऋण सहकारीको केन्द्रिय कार्यलय राप्ती गाउँपालिका वडा.न. ५ सिसहनियामा रहने साथै जनजीविका सेवाकेन्द्र भालुबाङ्ग, महाप्रभु सेवा केन्द्र लालमटिया, बिहानी सेवा केन्द्र पथ्थरगढवा र हरियाली सेवा केन्द्र फल्कापुर बाट सेवा प्रारम्भ गर्ने गरि काम सुरु भएको  संस्थाका प्रमुख ब्यवस्थापक उमेश कुमार चौधरीले जानकारी दिनुभएको छ ।

तिर्थराज ज्ञवाली

पुस २८,  सिसहनिया(देउखुरी दाङ)








नेसनल प्याब्सन राप्तीद्वारा आश्रममा खाद्यान्न सहयोग

 नेसनल प्याब्सन राप्तीद्वारा आश्रममा खाद्यान्न सहयोग












नेसनल प्याब्सन राप्तीद्वारा आश्रममा खाद्यान्न सहयोग गरिएको छ ।  

नेसनल प्याब्सन राप्ती गाउँपालिकाले निलसागर सेवा आश्रम सिसहनियालाई खाद्यान्न सहयोग गरेको हो । 









नेसनल प्याब्सनको २३ औं स्थापना दिवसको अवसर पारेर सडक सहयोगापेक्षी मानवहरुका लागि दाल , चामल सहयोग गरिएको नेसनल प्याब्सन दाङ जिल्ला सहसचिव एवं राप्ती गाउँपालिका संयोजक विक्रान्त ज्ञवालीले जानकारी दिनु भएको छ । 










लुम्विनी प्रदेश प्रदेश मामिला तथा कानुन समिति सभापति माननीय दामा शर्माको प्रमुख आथित्यता तथा राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदिको सहभागिता रहेको कार्यक्रममा वडा नं ८ का वडा अध्यक्ष गोकर्ण बहादुर राना मगर, शिक्षा शाखा प्रमुख विश्वास विक, निलसागर सेवा आश्रम सिसहनिया प्रमुख प्रकास विष्ट, उद्योग विणिज्य संघ सिसहनियाका सचिव मदन पोख्रेल लगायतको सहभागित रहेको थियो ।







निलसागर सेवा आश्रम दाङ जिल्ला अध्यक्ष प्रकाश बिष्टलाई  खाद्यान्न हस्तान्तरण गरिएको थियोे । सहजतामा मात्र होइन सङ्कटमा पनि साथ, निजी विद्यालय सदैव बालबालिका माझ भन्ने नाराका साथ मनाइएको स्थापना दिवसमा सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग  गर्न पाएकोमा संयोजक ज्ञवालीले खुशी व्यक्त गर्नुभएको थियोे ।

नेसनल प्याब्सनको २३औं स्थापना दिवसको अवसरमा नेसनल प्याब्सन राप्ती गाउँपालिकाद्वारा सडक सहयोगापेक्षी मानवका लागि निल सागर सेवा आश्रम सिसहनिया मा नेसनल प्याब्सनमा आवद्ध विद्यालयहरुका प्रतिनिधिहरुको समेत सहभागीता रहेको थियो ।


तिर्थराज ज्ञवाली

पुस २९, सिसहनिया(देउखुरी दाङ)



Wednesday, January 6, 2021

जन प्रतिनिधिहरुलाई सभा सञ्चालन र कानुन निर्माण प्रक्रिया बारे जानकारी


लुम्विनी प्रदेशको केन्द्र राप्ती गाउँपालिकाका जनप्रतिनिधिहरुलाई सभा सञ्चालन र कानुन निर्माण प्रक्रिया बारे जानकारी गरिएको छ ।















आगामी दिनमा हुने राप्ती गाउँपालिकाको गाउँसभा सञ्चालन तथा निर्णयार्थ सहयोग पुगोस भन्ने उदेश्यका साथ सभा सञ्चालन र कानुन निर्माण प्रक्रिया बारे अन्तरक्रिया गरिएको हो ।

लुम्विनी प्रदेश मुख्यमन्त्रि तथा मन्त्रिपरिषद्को कार्यालय कानुन तथा संबैधानिक मामिला महाशाखाको आयोजनामा राप्ती गाउँपालिकाका सभा सदस्यहरुलाई सभा सञ्चालन र कानुन निर्माण प्रक्रिया बारे जानकारी गरिएको हो ।











कार्यक्रममा अधिबेशन आब्हान प्रक्रिया, अधिबेशन अन्त्य, बैठकमा उपस्थित गणपुरक संख्या, बैठकको प्रारम्भ र स्थगन, सदस्यको स्थान रिक्त रहेको अवस्थामा सभाको कार्य सञ्चालन, दैनिक कार्यसुची, कार्य ब्यवस्था परामर्श समिति, समयावधि निर्धारण र सुचना, बैठकमा पालना गर्नु पर्ने कुराहरु, बैठकमा छलफल गर्न नपाईने विषय बस्तु, बैठकमा बोल्न र उत्तर दिने तौर तरिका, बोल्नुपर्ने बम्वद्ध कुराहरु, स्पष्टिकरण माग गर्ने वा दिने अवस्था, नियमापत्ति, छलफल समाप्तीको प्रस्ताव, समसामयिक विषयमा छलफल, निर्णय गर्ने तरिका, मत विभाजन र संकलन, बैठकको सुब्यवस्था, सदस्यको निलम्वन, सुब्यवस्था कायम राख्ने अध्यक्षको विशेष अधिकारहरु, कार्वाहि फिर्ता हुने अवस्था, बैठक स्थगित गर्ने अधिकार र प्रस्ताव तथा तत्सम्वन्धी कार्यविधिका बारेमा  लुम्विनी प्रदेश मुख्यमन्त्रि तथा मन्त्रिपरिषद्को कार्यालय कानुन तथा संबैधानिक मामिला महाशाखाका सचिव राजेन्द्र थापाले जानकारी गर्नु भउको थियो ।










राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदिको प्रमुख आथित्यतामा भएको कार्यक्रममा गाउँ सभाको कानुन निर्माण सम्बन्धि प्रक्रियाका बारेमा समेत जानकारी गरिएको थियो ।

कार्यक्रममा नेपालको संबैधानिक ब्यवस्था, गाउँसभाको कानुन निर्माण प्रक्रिया सम्वन्धि ऐन २०७५, दफा ४ (१) स्थानिय तहले कानुन निर्माण गर्दा अन्य कुराको अतिरिक्त विचार गर्नुपर्ने कुराहरु, दफा ५ आवस्यकताको पहिचान, समिति गठन गर्न सक्ने ब्यवस्था, सुझाव संकलन प्रक्रिया, सभामा विधेयकको मस्यौदा पेश गर्ने प्रक्रिया, विरोधको सुचना, विधेयक संसोधनको लागि समय, विधेयकमा दफावार छलफल, समितिको प्रतिवेदन पेश गर्ने तरिका, विधेयक फिर्ता दिने तरिका, अनुषांगिक सुधार, विधेयकको अभिलेखीकरण र कानुन निर्माण सम्वन्धि अन्य ब्यवस्थाका वारेमा जानकारी गरिएको थियो । कार्यक्रममा कानुनी अधिकृत सुस्मीता पाण्डेको समेत सहभागीता रहेको थियो ।









तिर्थराज ज्ञवाली

पुस २२, मसुरीया(देउखुरी दाङ)



Tuesday, January 5, 2021

परम्परागत सीप हस्तान्तरण गर्दै २० दिने ढकीयाँ बुनाई तालिम सम्पन्न

 

लुम्विनी प्रेदेशको राप्ती गाउँपालिका वडा नं ६ का ६१ महिलाहरुलाई गत पुस १ गते देखी सुरु गरिएको परम्परागत सीप हस्तान्तरणका लागि ढकीयाँ बुनाई तालिम सम्पन्न गरिएको छ । 












दाङ देउखुरीका थारु जातीमा अति महत्वका साथ प्रयोग गरिने लोपहुदै गएको सुपली, नुईयाँ, ढकीयाँ, डेलवाँ, भौका बनाउने शिप हस्तान्तरण गर्न परम्परागत सामाग्रीको संरक्षणका लागि ढकीयाँ बुनाई तालिममा २६ प्रकारका सामाग्री बनाउन सिकाइएको यियो । 

राप्ती गाउँपालिका वडा नं ६ को यस आर्थिक वर्षमा सीप बृद्धि तथा आयस्तर बृद्धि कार्यक्रम अन्तरगत भगवानपुर, सगरापुर, बगरापुर, मझेरीयाँ र पत्थरगढवा गाउँका ६१ जना महिलाहरुले तालिम प्राप्त गरे अनुसार आफुहरुले शिकेको शिप तथा परम्परागत सामाग्रीको निर्माण तथा प्रयोग बढाउने प्रतिबद्धता समेत गरिएको छ । 

वडा अध्यक्ष बेद प्रसाद चौधरी, राप्ती गाउँपालिका उपाध्यक्ष जगदम्वा कुमारी चौधरी, वडा नं ७ का अध्यक्ष विद्याशरण चौधरी, कार्यपालिका सदस्य तारा कुमारी चौधरी, वडा सचिव मंगल प्रसाद चौधरीले तालिमका सहभागीलाई सीपमुलक शुभकामना प्रदान गर्दै हौसला बढाउनु भएको थियो । 


तिर्थराज ज्ञवाली

पुष २१, पत्थरगढवा (देउखुरी दाङ)

राप्ती गाउँपालिकामा थप २ वटा स्वास्थ्य संस्थाको सेवा शुभारम्भ

राप्ती गाउँपालिकामा थप २ वटा स्वास्थ्य संस्थाको सेवा शुभारम्भ गरिएको छ । 

राप्ती गाउँपालिका अन्तरगत वडा नं २ र ३ मा नागरिकको सर्ब सुलभ स्वास्थ्य सेवा पाउने हक अधिकार अन्तरगत आधारभुत स्वास्थ्य सेवा केन्द्र उद्घाटन गरिएको हो । 












राप्ती गाउँपालिकाका ९ वटै वडामा निर्माणकार्य सुरु भएका आधारभुत स्वास्थ्य सेवा केन्दको पहिलो चरणमा वडा नं २ को लालमटियाँ र वडा नं ३ को खुरुरीयामा रहेका स्वास्थ्य सेवा केन्द्रको उद्घाटन संगै सेवा सुरु गरिएको  स्वास्थ्य शाखा संयोजक नारायण राउतले जानकारी दिनु भएको छ । 

आफ्ना नागरिकको स्वास्थ्यको रक्षा गर्ने क्रममा सर्बसुलभ स्वास्थ्य सेवाका लागि गाउँपालिका हरपल लागि परेको र छिटै गाउँपालिका स्तरिय अस्पतालको समेत  सेवा सुरु गरिने आधारभुत स्वास्थ्य सेवा केन्द्र उद्घाटन कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदिले बताउनु भएको छ । 

वडा नं २ का अध्यक्ष जगत बहादुर थापा, वडा नं ३ का अध्यक्ष चन्दर चौधरीको अध्यक्षता तथा राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदि र उपाध्यक्ष जगदम्वा कुमारी चौधरीको प्रमुख आथित्यता तथा प्रमुख प्रशासकिय अधिकृत शोभाराम रिजाल, प्रबक्ता विद्याशरण चौधरीको विशिष्ट आथित्यतामा भएको दुई कार्यक्रममा आधारभुत स्वास्थ्य सेवा केन्द्रले दिने सेवा का बारेमा भारती सन्यासी, केन्द्र प्रमुख कमला न्यौपाने, पुनम कुमालले गर्नु भएको थियो ।


तिर्थराज ज्ञवाली

पुस २१, मसुरीया (देउखुरी दाङ) 


Monday, January 4, 2021

केहि सुन्दर तस्वीरहरु

केहि सुन्दर तस्वीरहरु 

दाङ जिल्ला राप्ती गाउँपालिका वडा नं २ र ९ का 

फोटो तिर्थराज ज्ञवाली

मोवाईल नं ९८४७८४५१२१





पछिल्लो समसामयीक विषयमा प्रमुख जिल्ला अधिकारी र राप्ती गाउँपालिका विच छलफल ।

 पछिल्लो समसामयीक विषयमा प्रमुख जिल्ला अधिकारी र राप्ती गाउँपालिका विच छलफल ।




देशभर ३० हजार सहकारी, ७३ लाख मानिस आवद्ध

  देशभरका सहकारी संस्थामा ७३ लाख भन्दा धेरै मानिस आवद्ध भएका छन् । सहकारी विभागले हालै देशभरका सहकारीबारे संकलन गरेको तथ्यांकअनुसार सहकारी संस्थामा ७३ लाख ७ हजार ४ सय ६२ जना आवद्ध भएका छन् ।

जसमा ५६ प्रतिशत महिला र ४४ प्रतिशत पुरुष सदस्य छन् । विभागले २०७७ साउनदेखि कात्तिकसम्म सातै प्रदेशको स्थानीय तहहरुको सहकार्यमा गरेको अध्ययन अनुसार देशभर २९ हजार ८ सय ८६ वटा सहकारी संस्था रहेका छन् ।








त्यस्तै २० वटा विषयगत सहकारीका केन्द्रीय संघ, एउटा राष्ट्रिय सहकारी बैंक, एउटा राष्ट्रिय सहकारी महासंघ, ७० वटा जिल्ला सहकारी संघ र २४१ वटा विषयगत जिल्ला सहकारी संघहरू क्रियाशील रहेका छन्् ।

देशभरका सहकारीमा कुल शेयर पूँजी ९४ अर्ब १० करोड ५० लाख रहेको छ भने ४ खर्ब ७७ अर्ब ९६ करोड रुपैयाँ वचत रहेको छ ।

सहकारीले ४ खर्ब २६ अर्ब २६ करोड २३ लाख रुपैयाँ लगानी गरेका छन् । सहकारीले मुलुकभर ८८ हजार ३ सय ९ जनालाई प्रत्यक्ष रोजगारी प्रदान गरेका उपरजिस्टार सुरेन्द्रराज पौडेलले जानकारी दिए ।

सहकारी विभागले उक्त प्रतिवेदन अर्थमन्त्री विष्णु पौडेल र गभर्नर महाप्रसाद अधिकारीलाई बुझाएको छ ।

२०७७ पुष २० गते १४:२० मा प्रकाशित

0 प्रतिक्रिया

नेपाली काग्रेसको आगामी १४ औ महाधिवेशन राप्ती गाउँपालिकाको सभापतिमा चर्चा सुरु

नेपाली काग्रेसको आगामी १४ औ महाधिवेशन राप्ती गाउँपालिकाको सभापतिमा चर्चा सुरु नेपाली काग्रेसको आगामी १४ औ महाधिवेशन नजिकीदै गर्दा दाङ जिल्ला...