Monday, January 18, 2021

दोस्रो लामो राप्ती पुलको माघ १२ गते प्रधानमन्त्रि बाट उद्घाटन हुने


लुम्बिनी प्रदेशको स्थायी राजधानीस्थित राप्ती नदीमा बनेको पक्की पुलको उद्घाटन माघ १२ गते हुने भएपछि राप्ती गाउँपालिकाको कार्यालयमा छलफल गरिएको छ  ।











राप्ती गाउँपालिकाको छोट्की सिसहनियाँ र गढवा गाउँपालिकाको महदेवा जोड्ने नेपालकै दोस्रो लामो पक्की पुलको उद्घाटन माघ १२ गते प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम रहेको छलफलमा लुम्बिनी प्रदेशसभा सदस्य रेवतीरमण शर्माले जानकारी दिनु भएको छ । 









झण्डै एक वर्ष अघि निर्माण सम्पन्न भएको पुलको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम तयारीभै रहेको छ । 

राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदिको अध्यक्षता तथा लुम्बिनी प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीको प्रमुख आथित्यतामा भएको बैठकमा मन्त्री लिला गिरीले प्रधानमन्त्री आउने कार्यक्रममा ५० हजार भन्दा बढीको सहभागीता रहने र त्यसको तयारीमा जुट्न सबै पक्षलाई अनुरोध गर्नु भएको छ ।  ‘प्रधानमन्त्रीले चालेको कदमलाई जनताको साथ छ । केपी ओलीलाई सुन्ने चाहना सबैको छ’ उहाँले भन्नुभयो–‘कार्यक्रमलाई व्यवस्थीत गर्न जनपरिचालन जरुरी छ ।’

पुलको उद्घाटन पछि लालमटियाको सार्वजनिक चौरमा प्रधानमन्त्रि वलीले सम्बोधन गर्ने कार्यक्रमको लागि स्थलगत निरिक्षण समेत गरिएको छ ।


पुल पूर्वनिर्धारित समयभन्दा चार महिना अगाडि नै निर्माण सम्पन्न भएको थियो । यो पुलको लम्बाइ ८६० मिटर र चौडाइ साढे १० मिटर छ ।









तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०७३ मंसिर २२ गते पुलको शिलान्यास गर्नु भएको थियो  । करिब एक अर्ब रुपैयाँ लागतको यो पुल चार वर्षभित्र बनाइसक्ने सम्झौता भएको थियो । तोकिएको समयभन्दा चार महिना अगाडि नै पुल निर्माण कार्य पूरा भएको हो ।

उद्घाटन गरिने राप्ती पुल नहुँदा विगतमा सिसहनियाँ–महदेवा वारीपारी गर्न वर्षायाममा उर्लिएको भेलमा जोखिमपूर्ण तरिकाले डुंगा तर्नुपथ्र्यो । अब भने राप्ती नदीमा पुल निर्माण भएसँगै देउखुरीबासीलाई यात्रा गर्न सहज भएको छ ।

पुल निर्माणबाट साविकको गोबरडिहा गाविस र साविकको सिसहनियाँ क्षेत्रका बासिन्दा लाभान्वित भएका छन् । यती मात्र होइन, पछिल्लो समय पुल पर्यटकीय गन्ब्यको रुपमा विकास भएको छ ।

दाङ जिल्ला भित्रबाट मात्रै नभएर बाहिरी जिल्लाबाट पर्यटकहरु यहाँ आउने गरेका छन् । अहिले गढवा गाउँपालिकाअन्तर्गत पर्ने राप्ती पारिको क्षेत्रबाट वारी आउँदा कालाकाटे–भालुवाङ हुँदै करिब डेढ घण्टाको सवारी यात्रा गर्नुपर्ने अवस्था थियो, तर पुल निर्माण भएसँगै १५ मिनेटभित्रै वारपार गर्न सकिने भएको छ ।

गेरुवा पुल बनाएकै कम्पनी एएनके लुम्बिनी वाइपी जेभीले देउखुरीको राप्ती नदीको पुल बनाउने जिम्मा पाएको थियो ।

......

देश सन्चारका पत्रकार दशरथ घिमिरेको सहयोग


तिर्थराज ज्ञवाली

माघ ५, मसुरीया(देउखुरी दाङ)

No comments:

Post a Comment

नेपाली काग्रेसको आगामी १४ औ महाधिवेशन राप्ती गाउँपालिकाको सभापतिमा चर्चा सुरु

नेपाली काग्रेसको आगामी १४ औ महाधिवेशन राप्ती गाउँपालिकाको सभापतिमा चर्चा सुरु नेपाली काग्रेसको आगामी १४ औ महाधिवेशन नजिकीदै गर्दा दाङ जिल्ला...