Thursday, July 22, 2021

नेपाली काग्रेसको आगामी १४ औ महाधिवेशन राप्ती गाउँपालिकाको सभापतिमा चर्चा सुरु

नेपाली काग्रेसको आगामी १४ औ महाधिवेशन

राप्ती गाउँपालिकाको सभापतिमा चर्चा सुरु


नेपाली काग्रेसको आगामी १४ औ महाधिवेशन नजिकीदै गर्दा दाङ जिल्लाको राप्ती गाउँपालिकामा चुनावी चहलपहल सुरु भएको छ । 

कांग्रेसले केन्द्रीय महाधिवेशन गर्नुभन्दा पहिले गाउँ, क्षेत्र हुँदै जिल्ला र प्रदेशको अधिवेशन सक्नुपर्ने अवस्थामा स्थानिय स्तरमा सभापति को हुने भन्ने चासो बढ्दै गएको पाईएको हो । 

यसै क्रममा राप्ती गाउँपालिका क्षेत्रमा ९ वटा वडा सहित पालिका स्तरको जिम्मेवारीमा आउन स्थानिय नेता कार्यकर्ताहरुले चहल पहल सुरु गरेको पाईएको छ । क्षेत्र जिल्ला, प्रदेश हुदै महाधिवेशनमा सहभागी हुनका लागि नेता कार्यकर्ताले भेटघाट तथा समन्वय जारी राखेका छन् । 

आगामी भदौ महिना भित्र नेपाली कांग्रेसको महाधिवेशन गरिसक्नुपर्ने छ । तर पछिल्लो समय सरकारमा नेपाली कांग्रेस गएपछि केहि समय पछि अधिबेशन जान सक्ने समेत तर्क चलिरहेको छ । यसै विच वडा तथा पालिकाको निर्वाचन केहि समय सर्न सक्ने आकलन गरिएको देखीन्छ । तर आधिकारीक रुपमा नेपाली कांग्रेस केन्द्रीय कार्यालयले महाधिवेशन बारे अझै केहि नयाँ सूचना निकालेको छैन । 

राप्ती गाउँपालिकामा नेपाली कांग्रेसको आगामी अधिबेशनमा सभापतिको रुपमा विद्याशरण चौधरीले उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । त्यस्तै नेपाली काग्रेस राप्तीका सचिव हस्त बहादुर गुरुङ, र १३ औ महाधिबेशन प्रतिनिधि टंक नाथ चौधरीको समेत सभापतिको उम्मेद्धारको रुपमा चर्चा चलेको छ । 

वडा नं ७ का वडा अध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता समेत रहेका विद्याशरण चौधरीले राष्ट्रियता, लोकतन्त्र र समाजवादका लागि सात दशकदेखि निरन्तर समर्पित नेपाली कांग्रेस प्रति नागरिकमा रहेको मायालाई आत्मसाथ गर्दै राप्तीमा काग्रेशको जगलाई थप बलीयो बनाउने उदेश्य र नेता कार्यकर्ताको चाहनाका कारण आफ्नो उम्मेद्धारी सभापतिमा हुने बताएका छन् । 

अर्का आकांक्षि नेपाली काग्रेस राप्तीका सचिव तथा भालुवाङ खानेपानी तथा सरसफाई उपभोक्ता समुहका अध्यक्ष समेत हरेका हस्त बहादुर गुरुङले युवाको प्रतिनिधित्व, विगतको अनुभवका आधारमा नेपाली काग्रेस राप्ती लाई आफुले राम्रो तवरले लैजान सक्ने भएकोले राप्ती काग्रेशको नेतृत्व लिन आफ्नो उम्मेद्धारी सभापतिमा रहने बताएका छन् । 

उता केहि नेता कार्यकर्ता भने नेपाली काग्रेसका शहिद श्रीनारायण चौधरीका जेठा छोरा टंक नाथ चौधरीलाई नेपाली काग्रेस राप्तीको सभापति दिनु पर्नेमा जोड दिदै आएका छन् । प्रगन्ना कुलो मुल उपभोक्ता समतिका तथा शान्ती सामुदायिक वन समुहका अध्यक्ष रहेका टंक नाथ चौधरीलाई स्वर्गीय श्रीनारायण चौधरीले गरेको त्यागको सम्मानमा सर्ब सम्मत सभापति बनाउनु पर्ने उनीहरुको मान्यता रहेको छ ।  

यसै विच गत सोमवार बड्का सिसहनिया पार्टी कार्यालयमा भएको नेपाली काग्रेसको एक भेलामा वडा न. ५, ६, ७ र ८ का वडा सभापति लगायत अन्य नेता कार्यकर्ताहरुले विद्याशरण चौधरीलाई सर्ब सम्मत रुपमा सभापति दिनुपर्ने साझा बुझाई गरेका छन् । अधिबेशनको रसगर्मी चलीरहेको अवस्थामा क्षेत्र, जिल्ला, प्रदेश तथा महाधिबेशन प्रतिनिधिका आकाक्षिहरुको नेपाली काग्रेसको १४ औ अधिबेशनलाई लक्षित गरि राप्ती गाउँपालिकामा नेता कार्यकर्ता भेटघाट तिब्र हुदै आएको पाईएको छ  

राप्ती गाँउपालिकामा नेपाली काग्रेसका पुराना ३ सय ७१ र नयाँ ४ सय २० गरि ७ सय ९१ क्रियाशिल सदस्य रहेका छन् ।  राप्ती गाउँपालिकामा काग्रेसको वडा नं १ मा नयाँ-पुराना गरि १ सय २० क्रियाशिल सदस्य, वडा नं २ मा  १ सय २४ क्रियाशिल सदस्य, वडा नं ३ मा  ९५ जना क्रियाशिल सदस्य, वडा नं ४ मा १ सय १२ जना क्रियाशिल सदस्य,  वडा नं ५ मा ६१ जना क्रियाशिल सदस्य, वडा नं ६ मा ९७ जना क्रियाशिल सदस्य, वडा नं ८ मा ६६ जना क्रियाशिल सदस्य र वडा नं ९ मा ३८ जना क्रियाशिल सदस्य रहेका छन् ।



No comments:

Post a Comment

नेपाली काग्रेसको आगामी १४ औ महाधिवेशन राप्ती गाउँपालिकाको सभापतिमा चर्चा सुरु

नेपाली काग्रेसको आगामी १४ औ महाधिवेशन राप्ती गाउँपालिकाको सभापतिमा चर्चा सुरु नेपाली काग्रेसको आगामी १४ औ महाधिवेशन नजिकीदै गर्दा दाङ जिल्ला...