Wednesday, October 28, 2020

नागरिकलाई सुरक्षित रहदै चाडपर्व मनाउन अनुरोध

 राप्ती गाउँपालिकाको तर्फवाट नागरिकलाई सुरक्षित रहदै चाडपर्व मनाउन अनुरोध गरिएको छ ।

गाउँपालिका अध्यक्षले एक सन्देश प्रवाह गर्दै पछिल्लो समय विश्व ब्यापी कोरोना समस्याका कारण जनजिवन प्रभावित भैरहेको अवस्था रहेकोले सजक र सतर्क रहन अनुरोध गर्नु भएको हो ।
कोरोना संकट बाट नागरिकलाई सुरक्षित राख्न स्थानिय सरकार भरपुर रुपमा लागिरहेको भएपनि संकट बाट बच्नको लागिसबै सचेत र सजगहुनुपर्ने अवस्था आएको सन्देशमा उल्लेख गरिएको छ ।





सबैको घर आगनमा चाड पर्बको आगमन भएको छ । घर परिवार, छर छिमेकीको आगमनले सबैको मन खुसी भएको बेला भएपनि कोरोना कहरका कारण सजगता अपनाउदै चाड पर्ब मनाउन अनुरोध गरिएको छ ।
वडा दशै तथा दिपावलीको अवसरमा घरमै नित्य पुजाआजा गर्न, मन्दिर, मठ, बलि स्थानमा नजाऔ, भिड भाड बाट टाढै बस्न, शुभकामना फोन मार्फत आदान प्रदान गरि जमघट, भोजभतेर, शुभकामना आदान प्रदान औपचारीक कार्यक्रम नगर्न र त्यस्ता कार्यक्रममा सहभागी नबन समेत अध्यक्ष सुवेदिले सबैमा अनुरोध गर्नु भएको छ ।
सन्देशमा अध्यक्ष सुवेदिले जुवा तास चिट्ठा खेल्ने काम कानुन विपरित छ रहेको कानुनमा बन्देज गरिएको र मादक पदार्थ सेवन गर्न रोक लगाईएको हुनाले कानुन बन्देज काम नर्गन नगराउन सबैमा अनुरोध गर्नु भएको छ ।
अस्वस्थकर खाद्य सामाग्री खरिद तथा बेचबिखन नगर्न, चाडवाडको बेला खरिद विक्रिको समयमा सामाजिक दुरी कायम गर्न अधिक हो हल्ला नगर्न तथा अनावस्यक काममा घर बाहिर ननिस्कन र निस्कनै परे मास्क वा सेनिटाईजर लगाएर मात्र निस्कन अनुरोध गरिएको छ  ।
गाउँपालिकाको तर्फवाट सबै नागरिक स्वस्थ्य र सुरक्षित रहनका लागि आपतकालिन सेवाको ब्यवस्थापनमा सहयोग गर्न सरोकार वालाहरुलाई अनुरोध गरिएको छ ।
सवारि साधन, एम्वुलेन्स, स्काभेटर, क्रेन, साईकल तयारी अवस्थामा सबै क्षेत्रमा राख्न, एकले अर्कालाई सहयोग र सम्मान गर्न र आफ्नो सचेतना आफ्नै स्वास्थ्य अभियान सफल पार्न अध्यक्ष सुवेदिले अनुरोध गर्नु भएको हो ।
सन्देशमा आउदै गरेको  शुभ विजयादशमी २०७७ को सबैमा हार्दिक शुभकामना समेत ब्यत्त गरिएको छ । 

Sunday, October 25, 2020

खाद्य स्वच्छता तथा मासुजन्य पदार्थ विक्री बितरण सम्बन्धी छलफल

 राप्ती गाउँपालिकामा सरोकारवाला सहित खाद्य स्वच्छता तथा मासुजन्य पदार्थ उत्पादन, प्रशोधन तथा विक्री बितरण सम्बन्धी विषयमा छलफल गरिएको छ ।

राप्ती गाउँपालिकाको खाद्य स्वच्छता तथा मासुजन्य पदार्थ उत्पादन, प्रशोधन तथा विक्री बितरण सम्बन्धी मापदण्ड २०७४ मा उल्लेख गरिए अनुसार काम कार्वाहि भए नभएको बारेमा छलफल गरिएको हो ।
आम रुपमा असल उत्पादन अभ्यास अवलम्बन गरीे खाद्य पदाथहरुको स्वच्छता कायम राखि खाद्य पदार्थको व्यापार व्यवसाय गर्दा मानव उपभोग योग्य स्वस्थ, सुरक्षित, गुणस्तरयुक्त खाद्य पदार्थहरु तथा मासुजन्य पदार्थ उत्पादन, प्रशोधन भण्डारण, ढुवानी तथा बिक्री वितरण गर्दा उपभोक्ताको हक हित संरक्षण र स्वास्थ्य रक्षा गर्न आवश्यक भएको हुँदा स्थानिय रुपमा पछिल्लो समयमा सरोकार वालाहरुले चासो बढाएका हुन ।




राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदिको अध्यक्षतामा भएको कार्यक्रममा राप्ती क्षेत्रका उद्योग बाणिज्य संघका प्रतिनिधि, होटल ब्यवसायी, स्वास्थ्य कर्मी, सुरक्षा कर्मी, वडा अध्यक्ष लगायतको सहभागीता रहेको थियो ।
छलफलमा गाउँपालिका भित्र खाद्य प्रशोधन उद्योग, पानी प्रशोधन उद्योग, बधशाला, माछा मासु प्रशोधन, मासु जन्य वस्तुहरुको उत्पादन, प्रशोधन, प्याकेजिङ्ग, लेवलिङ्ग, फलफुल, तरकारी, होटल, रेष्टुरेन्ट, चमेना गृह बाट खाद्य पदार्थ बिक्री बितरण, आयात, निर्यात, भण्डारण लगायतका कार्य गर्ने व्यक्ति वा सस्थाले पसल तथा उद्योग स्थापना गर्दा गाउँपालिकामा दर्ता गरी प्रचलित कानुन बमोजिम अनुमति लिन पर्ने ब्यवस्थालाई समेत कडाई गर्ने बारेमा छलफल गरिएको प्रमुख प्रशासकिय अधिकृत शोभाराम रिजालले जानकारी दिनु भएको छ ।
छलफलमा स्थानिय रुपमा गाउँपालिकाका सबै प्रकारका खाद्य पदार्थको व्यापार व्यवसाय गर्ने तथा मासु प्रशोधन गरी विक्रि वितरण गर्ने व्यवसायीहरुका लागी पसलबाट खाद्य पदार्थ विक्रि वितरण तथा माछा मासु प्रशोधन, प्याकेजिङ्ग र वितरण के कसरी गरिएको छ र माछा मासु प्रशोधन तथा माछा मासु पसल प्रकृया, प्रशोधित मासु जन्य पदार्थ ढुवानी, खाद्य बस्तुको कच्चा पदार्थ, कच्चा तथा तयारी पदार्थको भण्डारण, भवन, कोठा तथा मेशिनरी औजार सरसफाइ र निसंक्रमण विधि, आगन्तुक र कर्मचारीहरुको सरसफाइ, होटेल रेष्टुरेन्ट लगायतका खाद्य व्यवसायहरुको खाद्य स्वच्छताको मापदण्डका आधारहरुका बारेमा छलफल गरिएको छ ।

नेपाली काग्रेसको आगामी १४ औ महाधिवेशन राप्ती गाउँपालिकाको सभापतिमा चर्चा सुरु

नेपाली काग्रेसको आगामी १४ औ महाधिवेशन राप्ती गाउँपालिकाको सभापतिमा चर्चा सुरु नेपाली काग्रेसको आगामी १४ औ महाधिवेशन नजिकीदै गर्दा दाङ जिल्ला...