Sunday, November 8, 2020

जेष्ठ नागरिकलाई सहयोगी सामाग्री

                           जेष्ठ नागरिकलाई सहयोगी सामाग्री


राप्ती गाउँपालिकामा ८० वर्ष माथिका जेष्ठ नागरिकलाई सहयोगी सामाग्री उपलब्ध गराईएको छ ।

























राप्ती गाउँपालिका तथा लुम्विनी प्रदेश मुख्यमन्त्रि ग्रामीण विकास कार्यक्रमको समन्वयमा ९ वटै वडाका ३१४ वढि जेष्ठ नागरिकलाई थरमस र लाईट उपलब्ध गराईने मुख्यमन्त्रि ग्रामीण विकास कार्यक्रमका कार्यक्रम सहजकर्ता टिका बस्नेतले जानकारी दिनु भएको छ ।
आईतवार देखी सहयोगी सामाग्री वितरण सुरु गरिएको र आगमी शुक्रवार सम्म सम्पुर्ण ८० वर्ष माथिका जेष्ठ नागरिकको हातहातमा थरमस र लाईट उपलब्ध गराईने राप्ती गाउँपालिका महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख जिवन कुमारी जि.सीले जानकारी दिनु भएको छ ।


















































यसै क्रममा राप्ती गाउँपालिका तथा लुम्विनी प्रदेश मुख्यमन्त्रि ग्रामीण विकास कार्यक्रमको समन्वयमा शिक्षा सुधार कार्यक्रम अन्तरगत नयाँगाउँ स्थीत जनज्योति आधारभुत विद्यालय लाई बालविकासका विद्यार्थिलाई लक्षित गरि टेलिभिजन उपलब्ध गराईएको छ ।



तिर्थराज ज्ञवाली
कार्तिक २३, मसुरीया(देउखुरी दाङ)

No comments:

Post a Comment

नेपाली काग्रेसको आगामी १४ औ महाधिवेशन राप्ती गाउँपालिकाको सभापतिमा चर्चा सुरु

नेपाली काग्रेसको आगामी १४ औ महाधिवेशन राप्ती गाउँपालिकाको सभापतिमा चर्चा सुरु नेपाली काग्रेसको आगामी १४ औ महाधिवेशन नजिकीदै गर्दा दाङ जिल्ला...