Saturday, December 26, 2020

५ नं पार्टि कार्यालयको उद्घाटन, ३० घरमुली नेपाली काग्रेश पार्टि प्रबेश


राप्ती गाउँपालिका नेपाली काग्रेश ५ नं पार्टि कार्यालयको उद्घाटन गरिएको छ । सो वडा नं ५ को कमल रोड स्थीत पार्टि कार्यालय उद्घाटन कार्यक्रममा विभिन्न पार्टि छोडि आएका तथा फ्रेस ३० घरमुलीहरु समेत नेपाली काग्रेश पार्टि प्रबेश गर्नु भएको हो ।  












वडा सभापति जग नारायण चौधरीको सभापतित्वमा भएको कार्यक्रममा नेपाली काग्रेश महासमिति सदस्य नुमानन्द सुवेदिले ३० जनालाई सदस्यता प्रदान गर्दै स्वागत गर्नु भएको हो । 










 कार्यालयहरु उद्घाटनको क्रममा अन्य पार्टि परित्याग गरि आउनु भएका तथा युवा फ्रेसअनुहारलाई जिल्ला सदस्य हरि भुसाल, क्षेत्रिय सभापति तारा डिसी, गोवर्धन रावत, विद्याशरण चौधरी, दुर्योधन पाण्डे, विष्णु जिसी,  आत्मराम भट्राई लगायतले काग्रेशको सिद्धान्त, मर्म र जिम्मेवारीको जानकारी दिदै पर्टिमा स्वागत गर्नु भएको हो । 

वडा नं ५ कमल रोड तथा कालापानीका जिवलाल घर्ति मगर, सीता अधिकारी, भगवता भण्डारी, स्यामलाल घर्ति मगर, हिरा थापा मगर, नारायण चौधरी, अर्जुन चौधरी, रामभरोस चौधरी, दिपक चौधरी, गोवर्धन चौधरी, सिता परियार, नारायणी नेपाली, कालीचरण चौधरी, बुद्धिराम घर्ति मगर, राम दयाल चौधरी, देव मणि चौधरी, नवराज सिन्जाली, अम्विका सारु मगर, जितकला दमासे, पुष्पा पाण्डे, दानी थापा, जित बहादुर थापा, स्याम घर्ति मगर, हिरा थापा, रिषिराम घर्ति, मेघलाल पाण्डे, गिता चौधरी, बुद्धि घर्ति मगर, पदम केसी, विसाल बस्यालले नेपाली काग्रेशको सदस्यता लिई सपथ ग्रहण समेत गर्नु भएको छ । 

आगामी केहि दिनमा वडा नं ७ को पार्टि कार्यलय उद्घाटन संगै फ्रेस युवा र अन्य पार्टि छाडेर नेपाली काग्रेशमा प्रबेश गर्ने करिव ७६ घर परिवारलाई स्वागत गर्ने कार्यक्रम हरेको नं ७ का विद्याशरण चौधरीले जानकारी दिनु भएको छ । 

 तिर्थराज ज्ञवाली

पुस ११, सिसहनियाँ (देउखुरी दाङ)


No comments:

Post a Comment

नेपाली काग्रेसको आगामी १४ औ महाधिवेशन राप्ती गाउँपालिकाको सभापतिमा चर्चा सुरु

नेपाली काग्रेसको आगामी १४ औ महाधिवेशन राप्ती गाउँपालिकाको सभापतिमा चर्चा सुरु नेपाली काग्रेसको आगामी १४ औ महाधिवेशन नजिकीदै गर्दा दाङ जिल्ला...