Thursday, November 19, 2020

सहभागितामूलक योजना निर्माण र कार्यान्वयन प्रकृया सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

 सल्यानको कपुरकोटमा सहभागितामुलक योजना निर्माण र कार्यान्वयन प्रकृया सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । जनप्रतिनिधी, कर्मचारी, युवा मञ्च र सामुदायीक समुहका सदस्यहरुका वीच सहभागितामूलक योजना र बजेट प्रक्रियालाई नागरिक र सरकार बीचमा कसरी जोड्न सकिन्छ भन्ने विषयमा छलफल भएको हो । दलित विकास समाजद्वारा सञ्चालित सुशासनमा नागरिक सहभागीता कार्यक्रम अन्तर्गत विहिबार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको उक्त कार्यक्रमका जिल्ला संयोजक गुमानसिंह नेपालीले जानकारी दिए ।












कार्यक्रममा स्थानीय नागरिकहरुले कपुरकोट गाउँपालिकाले योजना छनौट प्रक्रियामा जनसहभागीता बनाएको तर जनसमुदायले माग गरेका केही योजनाहरु पुरा हुन बाँकी रहेको बताएका थिए । साथै उनीहरुले योजना निर्माण र सञ्चालन प्रक्रियामा महिला तथा दलित समुदायको पर्याप्त सहभागीता हुनुपर्नेमा जोड दिएको संयोजक नेपालीले जानकारि दिए ।


कार्यक्रममा कपुरकोट गाउँपालिका उपाध्यक्ष तिला बुढा मगरले वस्ति स्तरका छलफल र परामर्शद्वारा सबै नागरिकहरूलाई समस्याको पहिचान, परियोजनाको छनौट, प्राथमिकता र निर्णय लिने कार्यमा संलग्न गराउन उत्प्रेरित गरिरहेको बताइन् । कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत अरुण दाहाल, वडा अध्यक्षहरु, विषयगत शाखाका प्रमुख तथा वडा सचिवहरुको सहभागीता थियो ।

संकर केसी सल्यान 

No comments:

Post a Comment

नेपाली काग्रेसको आगामी १४ औ महाधिवेशन राप्ती गाउँपालिकाको सभापतिमा चर्चा सुरु

नेपाली काग्रेसको आगामी १४ औ महाधिवेशन राप्ती गाउँपालिकाको सभापतिमा चर्चा सुरु नेपाली काग्रेसको आगामी १४ औ महाधिवेशन नजिकीदै गर्दा दाङ जिल्ला...