Thursday, November 19, 2020

कोरोना भाइरस: 'माउथवास'ले ३० सेकेन्डमा प्रयोगशालमा भाइरस निष्क्रिय पार्न सक्छ

 मुख कुल्ला गर्ने माउथवासले ३० सेकेन्डभित्र कोरोनाभाइरसलाई मार्ने प्रयोगशालामा गरिएको एउटा अध्ययनले देखाएको छ।

कार्डिफ विश्वविद्यालयका वैज्ञानिकहरूले माउथवाससँगको संसर्गले भाइरसलाई नष्ट गर्न सहयोग पुग्नसक्ने 'आशाजनक सङ्केतहरू' पाइएको बताएका हुन्।








युनिभर्सिटी हस्पिटल अफ वेल्समा कोभिड-१९ का बिरामीमाथि गरिएको एउटा उपचारात्मक परीक्षणअघि उक्त विवरण आएको हो।

डा. निक क्लेडन उक्त अध्ययनले मानिसहरूको दैनिकीमा 'माउथवास'लाई एउटा महत्त्वपूर्ण हिस्सा बनाउन सक्ने बताउँछन्।

उपचारमा प्रयोग हुन सक्ला?

अध्ययनले र्‍यालमा रहेका भाइरसलाई माउथवासले मार्न सहयोग गर्न सक्ने देखाए पनि यसलाई कोरोनाभाइरसको उपचारका लागि प्रयोग गर्न सकिन्छ भन्ने कुनै पनि सङ्केत पाइएको छैन किनकी यो श्वासप्रश्वासको नली र फोक्सोसम्म पुग्दैन।

डा. क्लेडन भन्छन्, "यदि यी सकारात्मक परिणामहरू देखिएका हुन् भने हात धुने, सामाजिक दूरी कायम गर्ने र मास्क लगाउने कार्यका साथसाथै सीपीसीमा आधारित माउथवासहरू पनि अहिले र भविष्यमा मानिसको दैनिकीका थप महत्त्वपूर्ण हिस्सा बन्न सक्नेछन्।"

विश्वविद्यालयको विवरण अनुसार कम्तीमा ०.०७ प्रतिशत साइटोपिरिडिनियम क्लोराइड सीपीसी भएका माउथवासहरूले प्रयोगशालामा भाइरससँग संसर्ग हुँदा ती भाइरसलाई नष्ट गरेका हुन्।

उक्त अनुसन्धानपत्रको अन्य वैज्ञानिकले परीक्षण गरी पुष्टि गर्न बाँकी नै छ।

यसले हालैको अर्को अध्ययनलाई थप बल पुर्‍याउँछ। त्यस अध्ययनले सीपीसीमा आधारित माउथवासहरूले भाइरसको भारलाई कम गर्न सहयोग पुर्‍याउने देखाएको थियो।

बीबीसी विशेषः

No comments:

Post a Comment

नेपाली काग्रेसको आगामी १४ औ महाधिवेशन राप्ती गाउँपालिकाको सभापतिमा चर्चा सुरु

नेपाली काग्रेसको आगामी १४ औ महाधिवेशन राप्ती गाउँपालिकाको सभापतिमा चर्चा सुरु नेपाली काग्रेसको आगामी १४ औ महाधिवेशन नजिकीदै गर्दा दाङ जिल्ला...