Wednesday, November 11, 2020

राप्तीमा चार सहकारी संस्था एकीकृत हुदै

राप्ती गाउँपालिका क्षेत्रमा कार्य गर्दै आएका चार सक्रिय सहकारीहरु एकीकृत हुने भएका छन् ।

राप्ती गाउँपालिका तथा अन्य पालिका कार्यक्षेत्र बनाएर काम गर्दै आएका सहकारी लाई राप्ती गाउँपालिकाले सहकार्य गरि एकिकृत हुन आब्हान गरे पश्चात हरियाली, महाप्रभु, विहानी र जनजीविका बचत तथा ऋण सहकारी संस्थाहरु एकिकृत हुन थालेका हुन ।























राप्ती गाउँपालिका भित्रका बचत तथा ऋण सहकारी संस्थाहरुलाई एकिकृत गर्दै एक व्यवसायिक, नीतिगत, प्राविधिक र आर्थिक रुपमा बलियो संस्था निर्माण गर्दै यस देउखुरी क्षेत्रहरुको विकास तथा प्रबद्र्धनको लागि संस्थामा आबद्ध सदस्यहरु मार्फत लगानी विस्तार गर्दै अन्तरराष्ट्रिय स्तरको आत्मनिर्भर, बलियो नमुना सहकारी निर्माण गर्ने उदेश्य अनुसार एकीकरण गर्न थालीएको महाप्रभु बचत तथा ऋण सहकारी संस्था का सचिव एवं जिल्ला सहकारी संघ दाङ का कोषाध्यक्ष हरि प्रसाद भुसालले जानकारी दिनु भएको छ ।

सहकारी ऐन २०७४ को दफा ८७ र नियमावली २०७५ को दफा ३९ साथै लुम्विनी प्रदेशको सहकारी ऐन ०७६ को दफा ७२ र सहकारी नियमावली ०७६ को दफा ३१ ले पनि सहकारीहरु एकिकरण हुन सक्ने व्यवस्था गरे बमोजिम चार सक्रिय सहकारीहरु एकीकृत हुने भएका हुन ।
राप्तीका सहकारीहरुको २०७३ साल देखिनै एकिकरण प्रक्रिया चलिरहेको थियो । स–साना कुराहरुमा असमझदारीका कारण सफल हुन नसकिरहेको अवस्थामा अहिलेको मर्जर अभियानमा एकिकृत संस्थाँको अध्यक्ष विभिन्न पद, संस्थाको नाम, केन्द्रिय कार्यालय भन्ने समस्याको पुर्ण रुपले समाधान गरि सदस्यलाइ वित्तिय सेवा प्रदान गरि उनिहरुका आवश्यकता पुरा गर्न र आर्थिक सामाजिक र साँस्कृतिक जिवनमा परिवर्तन ल्याउन सकिने गरि सहकारी मर्च हुन थालेको हरियाली बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष तथा जिल्ला बचत संघ दाङ का कोषाध्यक्ष शिव ध्वज मल्लले जानकारी दिनु भएको छ ।
एकिकृत संस्था सञ्चालन गर्न १३ सदस्यीय सञ्चालक समिति र ३ सदस्यीय लेखा सुपरिबेक्षण समिति रहने र नेतृत्व शिवध्वज मल्लले गर्ने गरि सहकारी मर्चको सुरुवात गरिएको छ । जसको लेखा सुपरिबेक्षण समितिको संयोजकमा रुकमाङगत ज्ञवाली रहने बताईएको छ ।
चार सहकारीको आर्थिक वर्ष ०७६।०७७ को  असार मसान्त सम्मको विवरणको आधारमा पुरुष २ हजार ५ सय ५० महिला ३ हजार २ सय ५० र संस्थागत सदस्य १९ गरी जम्मा सदस्य संख्या ५ हजार ८ सय १९ र जम्मा पुजी रु ३८ करोड २६ लाख ६९ हजार ९ सय ४ रुपैया लाई चार वटा सेवा केन्द्रहरु मार्फत व्यावस्थापन गरिने सहमित भएको विहानी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष देब प्रसाद चौधरीले बताउनु भएको छ ।




















एकिकृत चार बचत तथा ऋण सहकारी संस्थालाई प्रभावकारी रुपमा संचालन गर्नको लागि चरणबद्ध रुपमा कार्यक्रमहरु अगाडी बढाईने भएको छ । पहिलो चरणमा सहकारीका मुल्य मान्यता र सिद्धान्तका विषयमा अवगत गराउने, दोस्रो चरणमा सबै संञ्चालक कर्मचारी र केही सदस्यहरुलाई सहकारी जागरणबाट सशक्तिकरण गरी क्षमता अभिवृद्धि गर्ने, तेस्रो चरणमा साकोस व्यावसायीकरण गर्ने, व्यावसायीकरणमा संस्थाको त्रिवर्षिय योजना वार्षिक कार्य योजना मासिक र त्रैमासिक कार्ययोजना, संस्थाको निति, विधि, र प्रविधिलाई आत्मसाथ गर्ने गराउने  र चौथो चरणमा साकोसमा गुणस्तर सुनिस्चिताको मापन विधि, लेखा, पल्र्स अनुगमन प्रणालीमा आर्थिक विश्लेषणमा एकरुपता गरि काम सुरु गरिएको  जनजिवीका बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष जीवराज शर्मा बताउनु भएको छ ।


















एकिकरण पश्चात सहकारीको केन्द्रिय कार्यलय राप्ती गाउँपालिका वडा.न. ५ सिसहनियामा रहने साथै जनजीविका सेवाकेन्द्र भालुबाङ्ग, महाप्रभु सेवा केन्द्र लालमटिया, बिहानी सेवा केन्द्र पथ्थरगढवा र हरियाली सेवा केन्द्र फल्कापुर बाट सेवा प्रारम्भ गर्ने गरि काम थालीएको हरियाली बचत तथा ऋण सहकारी संस्थाका ब्यवस्थापक उमेश कुमार चौधरीले जानकारी दिनुभएको छ ।
तिर्थराज ज्ञवाली
कार्तिक २७, सिसहनिया(देउखुरी दाङ्ग)

No comments:

Post a Comment

नेपाली काग्रेसको आगामी १४ औ महाधिवेशन राप्ती गाउँपालिकाको सभापतिमा चर्चा सुरु

नेपाली काग्रेसको आगामी १४ औ महाधिवेशन राप्ती गाउँपालिकाको सभापतिमा चर्चा सुरु नेपाली काग्रेसको आगामी १४ औ महाधिवेशन नजिकीदै गर्दा दाङ जिल्ला...