Sunday, November 1, 2020

सभामुख उप–सभामुख र कानुनमन्त्रीद्धारा सभा सञ्चालनका लागि भौतिक पूर्वाधारको अवस्था बारे अनुगमन

 सभामुख उप–सभामुख र कानुनमन्त्रीद्धारा सभा सञ्चालनका लागि भौतिक पूर्वाधारको अवस्था बारे अनुगमन

लुम्बिनी प्रदेशको आउदो हिउँदे अधिवेशन स्थायी राजधानी देउखुरीमा सञ्चालन गर्ने तयारी थालिएको छ ।
लुम्बिनी प्रदेशको आगामी हिउँदे अधिवेशन स्था

यी राजधानीमा सञ्चालन गर्न तयारी थालिएको हो । प्रदेश सरकार र प्रदेशसभाद्धारा सयुक्त रुपमा तयारी सुरु गरिएको छ ।
स्थायी राजधानीमा हिउदे अधिवेशन सञ्चालन गर्ने तयारी अनुरुप शुक्रवार प्रदेशसभाका सभामुख पूर्णवहादुर घर्ती र आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसी लगायतले देउखुरीको राप्ती गाउँपालिकामा रहेका भौतिक पूर्वाधारको अवस्था बारे अनुगमन गर्नु भएको हो ।
स्थायी राजधानी देउखुरीको राप्ती गाउँपालिका स्थित राप्ती प्राविधिक शिक्षालयको भवन र जग्गा प्रदेशसभा सञ्चालनका लागि सम्भावनार्थ स्थलगत रुपमा अवलोकन गरिएको हो ।
शुक्रबार प्रदेशसभा सञ्चालनका लागि स्थायी राजधानीको भौतिक पूर्वाधारको अवस्था अनुगमन गरेका प्रदेशसभाका सभामुख घर्ती र कानुन मन्त्री केसीले स्थायी राजधानीमा रहेका भौतिक पूर्वाधारको अवस्था बारे मुख्यमन्त्री शंकर पोख्रेललाई जानकारी गराउने कार्यक्रम रहेको छ ।
यसअघि प्रदेश पूर्वाधार बिकास प्राधिकरणको टोलीले भने स्थायी राजधानीमा रहेका भौतिक पूर्वाधारहरुको अवस्था बारे अनुगमन गरिएको छ साथै प्रदेशका प्रमुख सचिव र अर्थ सचिवद्धारा पनि भौतिक पूर्वाधारको अवस्था अनुगमन गरिएको छ ।
सभामुख पूर्णबहादुर घर्ती, उप–सभामुख कृष्णी थारु, कानुनमन्त्री कुलबहादुर केसी लगायतको टोलीले प्रदेशसभा सञ्चालनका लागि सम्भावनार्थ स्थलगत रुपमा अवलोकन गरि सरोकार वाला संग छलफल समेत गर्नु भएको छ ।
राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदि, गढवा गाउँपालिका अध्यक्ष शहजराम यादव, लमहि नगरपालिका प्रमुख कुल बहादुर केसी लगायतका जनप्रतिनिधि, , मालपोत , नापी कार्यालय, शिक्षा, स्वास्थ्य र सुरक्षा निकायका प्रतिनिधिहरु संग छलफल समेत गर्नु भएको छ ।

No comments:

Post a Comment

नेपाली काग्रेसको आगामी १४ औ महाधिवेशन राप्ती गाउँपालिकाको सभापतिमा चर्चा सुरु

नेपाली काग्रेसको आगामी १४ औ महाधिवेशन राप्ती गाउँपालिकाको सभापतिमा चर्चा सुरु नेपाली काग्रेसको आगामी १४ औ महाधिवेशन नजिकीदै गर्दा दाङ जिल्ला...