आज २८२४ जनामा कोरोना पुष्टि, ३६२० जना डिस्चार्ज, २३ जनाको मृत्यु
नेपालमा वितको २४ घण्टामा दुई हजार आठ सय २४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । १३ हजार २३ जनाको नमुना परीक्षण गर्दा दुई हजार आठ सय २४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यससँगै नेपालका कोरोना संक्रमितको कुल संख्या एक लाख ७३ हजार पाँच सय ६७ पुगेको छ ।
त्यस्तै वितेको २४ घण्टामा तीन हजार ६ सय २० जना कोरोना मुक्त भएका छन् । यससँगै निको हुनेको सङ्ख्या नेपालमा एक लाख ३४ हजार आठ सय ४२ पुगेको छ । अब नेपालमा ३७ हजार सात सय ६५ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् भने दुई हजार तीन सय ८६ जना क्वरेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ । यस्तै वितेको २४ घण्टामा २३ जनाको मृत्यु भएको छ । यससँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको कुल सङ्ख्या नौ सय ६० पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।
No comments:
Post a Comment