Friday, November 6, 2020

राप्तीमा जनशक्तिको अवस्थाको वारेमा पद सर्बेक्षण

 राप्तीमा जनशक्तिको अवस्थाको वारेमा पद सर्बेक्षण













राप्ती  गाउँपालिकामा आगामी दिनका लागि लक्षित गर्दै पद सर्बेक्षण गरिएको छ । 

लुम्विनी प्रदेशको राजधानीको केन्दको रुपमा रहेको राप्ती  गाउँपालिका गाउँकार्यपालिकाको कार्यालय अन्तरगतका विभिन्न शाखा, उपशाखाहरुका लागि आवस्यक स्थाई, अस्थाई, करार, जनशक्तिको अवस्थाको वारेमा  पद सर्बेक्षण गरिएको हो । 












हाल राप्ती गाउँपालिकाको प्रशासन, योजना तथा अनुगमन शाखा, ९ वटा वडा कार्यालयहरु, पुर्वाधार विकास तथा बातावरण ब्यवस्थापन शाखा, सामाजिक विकास शाखा सामाजिक सुरक्षा तथा पञ्जिकरण ईकाई, शिक्षा, युवा तथा खेलकुद शाखा, आन्तरिक लेखा परिक्षण ईकाइ, आर्थिक प्रशासन शाखा, आर्थिक विकास शाखा, कृषि सेवा शाखा, पशु सेवा शाखा, प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी  लगायतको अन्य शाखाका लागि आवस्यक कर्मचारीका लागि पद सर्बेक्षण गरिएको हो । 












राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदिको अध्यक्षतामा भएको सर्बेक्षण छलफल कार्यक्रममा संघीय तथा सामान्य प्रशासन मन्त्रालयका उप सचिव शालिकराम दाहाल तथा अधिकृत दशरथ वडले कर्मचारी तावितका वारेमा जानकारी गराउनु भएको थियो । 












हाल राप्ती गाउँपालिकामा कार्यारत कर्मचारी तथा ब्यवस्थापनका सहजता तथा असहजताका वारेमा प्रमुख प्रशासकिय अधिकृत शोभाराम रिजालले छलफलमा जानकारी गराउनु भएको थियो । माग भै आएका कर्मचारीहरुका वारेमा सम्वन्धित मन्त्रालयमा मागका लागि गाउँसभाले पास गर्नुपर्ने प्रवधान रहेको छ । 


तिर्थराज ज्ञवाली 

कार्तिक २२, मसुरीया(देउखुरी दाङ)



No comments:

Post a Comment

नेपाली काग्रेसको आगामी १४ औ महाधिवेशन राप्ती गाउँपालिकाको सभापतिमा चर्चा सुरु

नेपाली काग्रेसको आगामी १४ औ महाधिवेशन राप्ती गाउँपालिकाको सभापतिमा चर्चा सुरु नेपाली काग्रेसको आगामी १४ औ महाधिवेशन नजिकीदै गर्दा दाङ जिल्ला...