Sunday, November 1, 2020

धार्मीक तथा पर्यटकीय स्थल हर्षेडाडाँ

 धार्मीक तथा पर्यटकीय स्थल हर्षेडाडाँ

तिर्थराज ज्ञवाली
हर्षेडाडाँ देउखुरी दाङ
लुम्विनी प्रदेश को राजधानीको केन्द्र रहने राप्ती गाउँपालिकाको वडा नं २ मा रहेको धार्मीक तथा पर्यटकीय स्थल हर्षेडाडाँ हेर्न लायक स्थानको रुपमा रहेको छ ।

लालमटियाँ चोक देखी उत्तरमा रहेको यो हर्षेडाडाँ क्षेत्र धार्मीक रुपमा पवित्र मन्दिर तथा हेर्न लाएक ताल तलैया, वन जंगल, पार्क रहेको क्षेत्र हो ।
सामुदायिक वन, स्थानिय नागरिक तथा स्थानिय सरकारको लगानीमा संरक्षण तथा सम्वर्धन गरिएको यस क्षेत्रको अवलोकनले तनाव दुर भै आनन्दीत मन हुने सो क्षेत्रमा भ्रमण गर्ने ब्यक्तिहरुको भनाई रहेको छ ।


बन्य पैदावार तथा बन्यजन्तुको संरक्षणका लागि पनी हर्षेडाडाँ क्षेत्रको संरक्षण गरिदै आएको छ । निशुल्क रुपमा प्रबेश गर्न पाईने सो क्षेत्रमा दाताहरुले विभिन्न भौतिक संरचना समेत निर्माण गरिसहयोग गरेको अवस्था छ ।
लालमटियाँ चोक देखी उत्तर करिव १ किलो मिटर उत्तरमा पर्ने हर्षेडाडाँ धार्मीक तथा पर्यटकीय स्थल जाने बाटो गाउँपालिका तथा वडा कार्यालयको बजेटमा कालोपत्रे समेत गरिएको छ ।


धर्म कर्म गर्न, मन बहलाउन,पीकनिक खान, शान्त बातावरणमा रमाउन, तथा साथी भाई संग हिडडुल गर्न धार्मीक तथा पर्यटकीय स्थल हर्षेडाडाँ हामी पनी एकपटक जानेकी ।

No comments:

Post a Comment

नेपाली काग्रेसको आगामी १४ औ महाधिवेशन राप्ती गाउँपालिकाको सभापतिमा चर्चा सुरु

नेपाली काग्रेसको आगामी १४ औ महाधिवेशन राप्ती गाउँपालिकाको सभापतिमा चर्चा सुरु नेपाली काग्रेसको आगामी १४ औ महाधिवेशन नजिकीदै गर्दा दाङ जिल्ला...