Tuesday, November 10, 2020

दिपावलीको अवसरमा सुरक्षाको कारण कडाई

 


राप्ती गाउँपालिका क्षेत्र भित्र हिन्दुहरुको महान पर्व दिपावलीको अवसरमा सुरक्षाको कारण विभिन्न विषयमा कडाई गरिएको छ ।



















पछिल्लो समय कोरोना महामारी, दुर्घटना, चोरी लुटपाट तथा अन्य आपराधिक क्रियाकलापमा रोक लगाउन सम्पुर्णमा सार्वजनिक रुपमा भिडभाड, देउसी भैलो खेल्न लगायतका क्रियाकलापमा रोक लगाएको हो ।
बुधवार बसेको राप्ती गाउँपालिका सामाजिक विकास समितिको बैठकले देउसी भैलो, भिडभाड, जुवा तास, होहल्ला रोक लगाउन सम्वन्धित सबैमा सुचना जारी गरेको हो ।
राप्ती गाउँपालिका सामाजिक विकास समिति संयोजक विद्याशरण चौधरीको अध्यक्षतामा बसेको बैठकले कोरोना महामारी समेत बढ्दै गएको कारण नागरिकलाई घरमै बसेर तिहार मनाउन समेत अनुरोध गरेको छ । दशैको अवसरमा नागरिकले लापर्वाह गरेकै कारण कोरोना दशै पछि तिब्र बढेको निर्कष निकाल्दै टाढा वाट आउने जाने चेलिबेटि, दाजुदाई दिदी बहिनी लाई यस पालि भिडियोकल वा फोन सम्पर्क बाटै टिकाटालो गर्न समेत अनुरोध गरिएको छ ।
तिर्थराज ज्ञवाली
कार्तिक २६, मसुरीया(देउखुरी दाङ)

No comments:

Post a Comment

नेपाली काग्रेसको आगामी १४ औ महाधिवेशन राप्ती गाउँपालिकाको सभापतिमा चर्चा सुरु

नेपाली काग्रेसको आगामी १४ औ महाधिवेशन राप्ती गाउँपालिकाको सभापतिमा चर्चा सुरु नेपाली काग्रेसको आगामी १४ औ महाधिवेशन नजिकीदै गर्दा दाङ जिल्ला...